शालिग्राम संग्राहलय धार्मिक पर्यटन केन्द्र बन्ने

बागलुङ, २३ पुस ।
ऋषि स्वामी प्रपान्नाचार्यले बागलुङ नगरपालिका ४ कुडुलेमा निर्माण भइरहेको सालिग्राम संग्राहलय धार्मिक पर्यटक तान्ने आकर्षित गर्ने राम्रो गन्तव्य बन्ने बताए ।
धौलागिरि संचार क्लब बागलुङले आयोजना गरेको १३ औं समसामयिक साक्षात्कार कार्यक्रममा स्वामी प्रपन्नाचार्यले नेपाल कै एकमात्र पबित्र नदि कालिगण्डकीमा मात्रै पाइने सालिग्राम लोप हुँदै गइरहेको समयमा यसको संकलन गरि संग्रहालय बनाउनु चुनौतिको काम भएको बताए ।
अहिले जताततै खुलेका क्रसर उद्योगका कारण हाम्रो पबित्र शालिग्राम लोप हुदै गइरहेको छ यसलाई हामीले संरक्षण गर्न जरुरी भएको स्वामीले बताए ।
४ करोड भन्दा बढी रकम सकेर सुरूङ बनाएर सुरूङ भित्र सालीग्राम संग्राहलय बनाउने काम तिब्रगतिमा अगाडि बढिरहेको यसले धार्मिक पर्यटनको क्षेत्रमा समेत महत्त्वपूर्ण भुमिका खेल्ने स्वामीले बताए ।
बागलुङको पन्चकोटमा निर्माण हुँदै गरेको १०८ फिट अग्लो बिश्व शान्ति कलशको लागि डिपिआर तयार भइसकेको हुदा अब काम अगाडि बढ्ने समेत साक्षात्कार कार्यक्रममा स्वामीले जानकारी गराएका थिए ।
धौलागिरि संचार क्लब बागलुङका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता भएको साक्षात्कार कार्यक्रम संचालन क्लबका प्रदीप पन्त स्वागत क्लबका कोपिला कडेलले गरेका थिए ।
बागलुङ जिल्लामा क्रियाशील पत्रकारहरूको सक्रियता संचालन हुँदै आएको धा‌लागिरि संचार क्लब जिल्ला प्रशासन कार्यालय बागलुङमा यहीँ पुस १७ गते संस्था दर्ता गरि दर्ता प्रमाणपत्र समेत प्राप्त गरिसकेको क्लबका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताए ।