मावि शिक्षक युनियनले बुझायो स्थानिय तहलाई ज्ञापनपत्र

बागलुङ, २० पुस  ।
माध्यमिक विद्यालय शिक्षक युनियन नेपालले कक्षा ११ र १२ मा कार्यरत शिक्षकहरुको हक र हितको लागि भन्दै बागलुङका १० ओटै स्थानिय तहमा ११ बुद्धे ज्ञापन पत्र बुझाएका छन् ।
अन्य तहका शिक्षकहरुको लागि सरकारले आन्तरिक र खुल्ला दरबन्दीबाट शिक्षकहरु राखेपनि कक्षा ११ र १२ मा २०७१ सालमा २ हजार दरबन्दी र ४ हजार अनुदान कोटा बाहेक अहिलेसम्म कुनै वास्ता नगरेकाले देशभरका शिक्षकहरुले एकैपटक आन्दोलनको सुरुवात गरेको माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल बागलुङका अध्यक्ष डिल्लीराज उपाध्यायले बताउनुभयो । उहाँले कक्षा ११ र १२ का शिक्षकहरुको लागि पनि अब खुल्ला र आन्तरिक दरबन्दीको व्यवस्था सहित ११ बुद्धे माग सहित ज्ञापनपत्र बुझाएको बताउनुभयो । जिल्लाका १० स्थानिय तहका प्रमुहहरुलाई युनियनका स्थानिय संगटनका पदाधिकारीहरुले ज्ञापनपत्र बुझाएका थिए ।
युनियनले पहिलो चरणको आन्दोलन अन्तरगत सुरुवातमा स्थानिय तहका जनप्रतिनिधिहरुलाई ज्ञापनपत्र बुझाएको र अब क्रमश जिल्ला समन्वय समिति, प्रदेश प्रमुख, शिक्षा मन्त्री र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर आफ्नो माग राख्ने पुरा नगरेमा अझ सशक्त दोस्रो चरणको आन्दोलन गर्ने जनाएको छ ।

Secondary level teacher’s association