तेज रत्न स्मृति पुरस्कारबाट ४ जना बिद्यार्थी पुरस्कृत

राजेशचन्द्र राजभण्डारी
बागलुङ, २० पुस
तेज रत्न स्मृति पुरस्कार संस्थान बागलुङले धवलागरि बहुमुखी क्याम्पस बागलुङमा अध्ययन गर्ने बिद्यार्थीलाई प्रत्येक बर्ष प्रदान गर्ने २०७४ सालको पुरस्कार एक कार्यक्रम बिच प्रदान गरियो ।
बागलुङका समाजसेवी लालचन्द्र राजभण्डारी र कृष्ण चन्द्र राजभण्डारीले आफ्ना स्वर्गीय पिता तेजबहादुर राजभण्डारी र माता रत्न देबी राजभण्डारीको स्मृतिमा २०५० सालमा स्थापना गरेको पुरस्कारबाट क्याम्पसमा अध्ययन गर्ने बिद्यार्थीलाई उर्जा थपेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताए ।
पुरस्कार संस्था स्थापना गरेर शैक्षिक जागरणको काम गरेको हुदा यसले समाजको गरिमा बढाएको प्रजिअ खरेलले बताए । आफ्ना बाबाआमालाई सधैं स्मरणीय हुने काम बिद्यार्थीलाई पुरस्कार दिने संस्था स्थापना गर्नुलाई सकारात्मक रूपमा लिनुपर्ने खरेलले बताए ।
संस्थानकले धवलागिरि बहुमुखी क्याम्पस अध्ययन गरि सर्बोकृष्ट अंक ल्याएर उतिर्ण हुने ब्यबस्थापन संकाय स्नातक तर्फ उतिर्ण गर्ने पार्वती पाठक, शिक्षा शास्त्र संकाय स्नातक तह उतिर्ण गर्ने बागलुङ मल्मका अनिता कार्की, मानविकी संकाय स्नातक तह उतिर्ण गर्ने बानपा १३ का राजेन्द्र बोहोरा र बिज्ञान संकाय स्नातक तह उतिर्ण गरि सर्बोकृष्ट अंक ल्याउने बानपा ३ का पुनम पुनलाई नगद ६ हजार र प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिएको थियोे ।
कार्यक्रममा शुभकामना मन्तब्य धवलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डाक्टर रामप्रसाद उपाध्याय, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष, साहित्यकार काजी रोशन, प्रगति मेमोरियल ट्रस्टका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठ, बिद्यामन्दिर माध्यमिक बिद्यालयका प्रधाननध्यापक जगन्नाथ आचार्य, पुरस्कृत बिद्यार्थी अनिता कार्की राजेन्द्र बोहोरा र समाजसेवी बिश्वनाथ रेग्मी लगायतका बक्ताहरूले धारणा राखेका थिए ।
पुरस्कार बितरण समारोहको अध्यक्षता तेज रत्न स्मृति पुरस्कार संस्थानका अध्यक्ष लालचन्द्र राजभण्डारी, स्वागत देबबहादुर श्रेष्ठ र संचालन सदस्य सचिव महेशचन्द्र प्रधानले गरेका थिए ।
२०५० सालमा स्थापना भएको पुरस्कार संस्थाले धौलागिरि कै एकमात्र आंगिक क्याम्पस धवलागिरि बहुमुखी क्याम्पसमा अध्ययन गरि स्नातक तहमा सर्बोकृष्ट अंक ल्याउने बिद्यार्थीलाई पुरस्कृत गर्दै आएको छ ।