बागलुङ, १८ पुस
काठेखोला गाउँपालिकाका वडा नम्बर २ भीमापोखरादेखि बागलुङ बजार संचालन हुने जीप र पिकअप जीपको भाडा समायोजन गरिएको छ ।
काठेखोला गाउँपालिकाले प्रति किलोमिटर १२ रुपैयाँको दरले भाडा समायोजन गर्ने निर्देशन गरेपछि २ नम्बर वडा कार्यालय भीमापोखराको मंगलबार बसेको बैठकले भीमापोखराका विभिन्न स्थानदेखि बागलुङ बजारसम्मको भाडा तोेकेको हो ।
वडा अध्यक्ष विद्यापति शर्माको जारी गरेको विज्ञप्ती अनुसार बागलुङ बजारदेखि भीमापोखराको अक्षेतेसम्म ९६ रुपैयाँ, बागलुङ बजारदेखि भीमापोखराको दुध डायरीसम्म १ सय २० रुपैयाँ, बागलुङ बजारदेखि भीमापोखराको चाँपेडाँडासम्म १ सय २८ रुपैयाँ, बागलुङ बजारदेखि भीमापोखराको निरलपाटा घुम्तीसम्म १ सय ३८ रुपैयाँ, बागलुङ बजारदेखि भीमापोखराको दपसा स्कुलसम्म १ सय ४५ रुपैयाँ, बागलुङ बजारदेखि भीमापोखराको आलडाँडा घुम्तीसम्म १ सय ५० रुपैयाँ, बागलुङ बजारदेखि भीमापोखराको सलामसम्म १ सय ५५ रुपैयाँ, बागलुङ बजारदेखि भीमापोखराको काप्रेसम्म १ सय ८५ रुपैयाँ, बागलुङ बजारदेखि भीमापोखराको वाँयलाखुरीसम्म १ सय ९२ रुपैयाँ, बागलुङ बजारदेखि भीमापोखराको सिम स्कुलसम्म २ सय रुपैयाँ, बागलुङ बजारदेखि भीमापोखराको सीम आलडाँडासम्म २ सय १५ रुपैयाँ, बागलुङ बजारदेखि भीमापोखराको डोयरी सम्म २ सय ५२ रुपैयाँ, बागलुङ बजारदेखि भीमापोखराको सिरसिरेसम्म १६५ रुपैयाँ, बागलुङ बजारदेखि भीमापोखराको वडा कार्यालय सम्म १७५ रुपैयाँ, बागलुङ बजारदेखि भीमापोखराको पधेरीसम्म १ सय ६५ रुपैयाँ, बागलुङ बजारदेखि भीमापोखराको गैराथोकसम्म १ सय ७० रुपैयाँ, बागलुङ बजारदेखि भीमापोखराको चिप्लेभीरसम्म १ सय ७७ रुपैयाँ, बागलुङ बजारदेखि भीमापोखराको मुल्ठानासम्म १ सय ८० रुपैयाँ, बागलुङ बजारदेखि भीमापोखराको गँहतेसम्म १ सय ९२ रुपैयाँ, बागलुङ बजारदेखि भीमापोखराको गाईफर्मसम्म १ सय २५ रुपैयाँ, बागलुङ बजारदेखि भीमापोखराको डुढियासम्म १ सय ३२ रुपैयाँ र बागलुङ बजारदेखि भीमापोखराको कुर्थुके गाउँसम्म १ सय ५० रुपैयाँ गाडी भाडा तोकिएको छ ।
गाडीहरुको भाडा समायोजनपछि भीमापोखरामा चल्ने सवै गाडीहरुले मनलाग्दी तरीकाले लिने गरेको भाडामा एकरुपता आउने वडाअध्यक्ष शर्माले बताउनुभयो ।











