
भरत प्रसाद सापकोटा
बागलुङ, १८ पुस ।
बागलुङ जिल्लाको काँठेखोला गाउँपालिका वडा ५ को बिहुँकोट अमर क्याम्पसको ७ औ बार्षिकोत्सव बुधबार सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै ५ नम्बर वडाका वडाअध्यक्ष शिव कंडेलले जनचाहाना अनुसार क्याम्पस सन्चालन गर्नुपर्ने बताए र उनले उच्च शिक्षाहासिल गर्नको लागि गाउँमानै क्याम्पस संचालन गरिएको बताउदै बिद्यार्थिहरु कै अनुकुलका बिषय ल्याउन र बिद्यार्थिहरु आउने बातावरण सृजना गर्नुपर्ने र शिक्षालाई समाज विकासको महत्वपुर्ण आधार भएको कुरा कसैले बिर्सन नहुने बताए ।
सो कार्यक्रम मा बार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख केशव कडेंलले महायज्ञ लगायत अन्य शिर्षकबाट संकलितसहित कुल आम्दानी रु ३ करोड २३ लाख ४८ हजार ७ सय ५६रुपैयाँ र कुल खर्च रु १ करोड ६ लाख६८ हजार ७ सय ५० रुपैयाँ रहेको बताउनुभयो । साधारण सभाले आगामि कार्यकालको लागि क्याम्पस सञ्चालक समिति गठनको लागि निर्वाचन प्रक्रिया सुरेको र २१ गतेसम्म समिति गठन गरिने क्याम्पस िप्रमुख कंडेलले जानकारी दिए ।
सो कार्यक्रममा काठेखोला गाउकार्यपालिका सदस्य हेमलाल वि क, धौवलागिरी बहुमुखि क्याम्पसका प्रध्यापक रामराजा कडेंल, अमर मा वि का कार्यबाहक प्रधानाध्यापक रधुपति शर्मा कडेंल, संस्थापक सदस्यहरु ज्ञामनाथ कडेंल, ज्ञानकुमारी श्रीस शर्मा, सुबेदार कृष्ण बहादुर पुन, महेन्द्र कडेंल, समाज सेबि प्रेम पुन, प्राध्यापक विमला चापागाई पौडेल लगाएतले बोल्नुभएको थियो ।
क्याम्पसका कार्यबाहक गौरिशंकर सुवेदिको अध्यतामा सम्पन्न भएको कार्यक्रमको स्वागत संचालक समितिका सदस्य चिरञ्जिबि कडेंल र संचालन प्राध्यापक कृष्ण प्रसाद कंडेलले गरेका थिए ।










