
प्रसाद थापा
बागलुङ, १५ पुस
बागलुङ जिल्लालाई पर्यटकीय गन्तव्य बनाउने पर्यटन केन्द्रको प्रचारप्रसार गर्ने उदेश्यले नयाँ बर्ष २०१९ मा बागलुङ सदरमुकाममा आउने पर्यटकलाई एक सय एक रुपैयाँमा कोठा उपलब्ध गराउने निर्णय गरेको छ ।
बागलुङ पर्यटन विकास समिति बागलुङले सदरमुकाममा पत्रकार सम्मेलन गरेर पर्यटन लाई केन्द्रीत गरेर नयाँ बर्ष २०१९ भब्य रूपमा यहि पौष १६ गते सांस्कृतिक कार्यक्रमको आयोजना गरेर मनाउने निर्णय गरेकोे समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो । अध्यक्ष खड्काले सांस्कृतिक कार्यक्रममा स्थानिय कलाकारहरुको प्रस्तुती रहने बताउनुभयो । उहाँले बागलुङमा जन्मेर राष्ट्रिय स्तरमा चर्चित हुनुभएका कलाकारहरुको उपस्थिति हुने जानकारी दिनुभयो ।
पर्यटन समितिको पहलमा होटल ब्यबसायी समितिको सहकार्यमा पुस १६ गते १०० वटा होटलका कोठाहरू १०१ रूपैयाँमा उपलब्ध गराउने निर्णय गरेर पर्यटक तान्ने नयाँ उपायको खोजी गरेको पर्यटन बिकास समितिका सचिव अर्जुन चोखालले जानकारी दिनुभयो ।
पर्यटन बिकास समितिका अध्यक्ष राजु खड्काको अध्यक्षतामा भएको कार्यक्रम संचालन सचिव अर्जुन चोखालले गर्नुभएको थियो ।
२०७५ पुस १५ गते प्रकाशित










