रातमाटा खानेपानी तथा सरसफाइ उपभोक्ताको साधारणसभा

बागलुङ, १५ पुस
रात्माटा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था बागलुङको १२ औ साधारणसभा तथा ५ औ अधिबेशन शनिबार सम्पन्न भयो ।
सस्थाका सल्लाहकार मुरारी दत्त शर्माको प्रमुख आथित्यतामा तथा सस्थाका अध्यक्ष भैरब नाथ उपाध्य को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा रातमाटाबासीले २८ साल देखिको दुख कस्ट भोगेका दुख अनि गरेका मेहनत तथा प्राप्त गरेका सफलताको बिषयमा बक्ताहरुले धारणा राखेका राख्नुभएको थियो ।
कार्यक्रममा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका प्रबन्ध हिमाल शर्मा, कुमार बिक्रम क्षेत्री, बैकुण्ठ शर्मा, पध्मनाथ शर्मा, नगर सदस्य दुर्गादेबि शर्मा र कबिन्द्र सापकोटाले बोल्नुभएको थियो ।
साधारणसभा मुरारि दत्त सर्मा ,गणेशनाथ उपाध्याय, परमानन्द शर्मा, लगायतकालाई सम्मान गरिएको थियोे ।
साधारणसभाबाट हितनाथ शर्मा अध्यक्षमा नयाँ कार्यसमिति गठन गरेको छ । संस्थाको उपाध्यक्षमा रामचन्द्र शर्मा, सचिबमा दिपक प्रसाद शर्मा, कोसाध्यक्षमा सरस्वती रेग्मी र सदस्यहरुमा राजन शर्मा, पोशकनाथ शर्मा, ईन्दिरा शर्मा, पार्बती निउपाने, श्याम शर्मा,
रबि प्रसाद शर्मा, परमानन्द शर्मा, बैकुण्ठ उपाध्याय र भरत शर्मा रहनुभएको छ ।