
बागलुङ, १३ पुस
बागलुङको एक सहकारीले रोजगारदाता र रोजगार योग्य आवश्यक श्रमशत्तिm व्यावस्थापनको लागी हेलो नेपाल इम्पलोइमेण्ट सर्भिस संचालन गर्ने भएको छ ।
बागलुङको साझा चौतारी साझा चौतारी युवा उद्यमशील सहकारी संस्था लिमिटेडले रोजगार दाता र रोजगार योग्य आवश्यक श्रम सक्ति व्यवस्थापनको लागी हेलो नेपाल इम्लोइमेण्ट सर्भिस सेन्टर संचालन गर्ने तयारी गरेको हो ।
आज बागलुङमा पत्रकार घेटघाटको आयोजना गरी आवश्यक योग्यताको खोजी गर्ने रोजगारदाता एवं योग्य, दक्ष, क्षमतावान श्रमशक्ति बेरोजगार बनिरहेको कारण उत्पादनमा ह्रस एवं मानब श्रम व्यावस्थापन खर्चिलो भैरहने अवस्थामा संस्थाले साझेदारीको काम गर्न लागेको जानकारी गराएको हो । ‘सहकार्य–सहजताका लागी’ भन्ने नाराका साथ रोजगारदातालाई योग्य श्रमशत्तिको व्यावस्थापनमा मध्यस्थता गरि सहजिकरण गर्ने सहकारीका अध्यक्ष मनोज थापाले वताउनु भयो ।
योग्य क्षमताका सामथ्र्यवान श्रमशक्ति र दक्ष श्रमशक्तिबाट उन्नतीको मार्गमा अग्रसर दुबै पक्षको हित हुनेमा संस्थाले विश्वास लिएको अध्यक्ष थापाले वताउनु भयो । रोजगार दाताले न्यूनतम शुल्कमा आफ्नो ज्ञान, शिप, क्षमता, अनुभवको प्रमाणपत्र सहित संस्थामा दर्ता सकिने व्यवस्था मिलाईने जनाएको छ ।
यही पौष १६ गते देखी बागलुङ वजारको जिप पार्कमा हेल्लो नेपालको कार्यालय संचालन गर्ने जनाएको छ । स्थानीय सहकारी ऐन २०७४ बमोजिम २०७४साल चैत्र २६ गते बागलुङ नगरकार्यपालीकाको कार्यालयमा बिधिवत १ नम्बरमा दर्ता भई बैशाख १ गतेदेखि बिधिवत् संचालनमा आएको सहकारीले निशुल्क मोवाइल बैंकिङ सेवा, ३६५ दिन काउण्टर सेवा, सवारी साधन फाइनान्स सेवा, विद्युतिय सामग्री फाइनान्स सेवा, आपतकालिन कर्जा सेवा ९२४सै घण्टा०, सर्वशुलभ व्याजदरमा कर्जा प्रवाह, बिहानी काउण्टर सेवा, सन्ध्याकालिन काउण्टर सेवा आदि संचालन गरेको जनाएको छ ।
सहकारीका अध्यक्ष मनोज थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सचिव वावु डियर हमाल र संचालन सहकारीका प्रेस सल्लाहकार सुवास आचार्यले गर्नु भएको थियो ।










