
बागलुङ, ११ पुस
मानव सेवा आश्रमकी संचालिका सुमिरा लामाले जीवनको लक्ष्य भनेको मानव सेवा गर्ने रहेको र अहिले बागलुङ जिल्लामा आएर मानव सेवा गर्न पाउँदा आफुलार्इ खुशी लागेको बताउनुभएको छ ।
धौलागिरि संचार क्लब बागलुङले आयोजना गरेको १साक्षात्कार कार्यक्रममा बोल्दै लामाले मानव सेवा आश्रमलाई दिगो रूपमा चलाउन बागलुङबासीको सहयोग सद्भाव सर्हानिय भएको बताउनुभयो ।
बागलुङलाई सडक मानव मुक्त बनाउने योजना रहेको लामाले बताउनुभयो । आश्रमलाई कसैको दवाब र प्रभावमा नचलाइकन सबैको माया ममता सद्भावले नै चलाउने सोच अनुसार चलिरहेको लामाले बताउनुभयो ।
मानव सेवा आश्रमलाई सरकारी सहयोग जरुरी रहेको छ यसलाई संस्थागत रूपमा सहयोग आउने बनाउन सके संस्था दिगो रूपमा चलाउन सहज हुने संचालिका लामाले बताउनुभयो ।
बागलुङ शाखामा १९ जनाले सेवा लिइरहेको यसलाई संचालन गर्न दाल, चामल, तेल, नुन र नगद सहयोग दिनहुँजसो उठिरहेको हुँदा सहज भएको लामाले बताउनुभयो ।
धौलागिरि संचार क्लब बागलुङका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा धन्यवाद मन्तव्य क्लबका सदस्य कृष्ण कडेल र संचालन क्लडम्मर बुढाले गरेका थिए ।










