
सिर्जना कार्की
बागलुङ, ९ पुस
दिगो विकास समृद्धि सामाजिक न्याय र समानता, सामुहिक प्रयास दृढता र निरन्तर लगाव हाम्रो प्रतिबद्धता भन्ने मुल नारासाथ भिमापोखरा युवा क्लब (वीवाईसी) बागलुङको ३३ औ स्थापना दिवस तथा २७ औ बार्षिकोत्व बागलुङ सदरमुकाममा सम्पन्न भयो ।
साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले अहिले मुलुकमा बिकास भयो कि भएन भन्ने प्रमुख कुरा भएन अहिले एक परिवारमा एकमहिनामा ३० हजार भित्रिन्छ कि भित्रीन्न प्रमुख कुरा त्यो भएको बताए ।
आर्थिक रूपले समृद्ध नभएसम्म अब गफ गरेर मुलुक नचल्ने हुँदा सबैको ध्यान अब आर्थिक समृद्धि तर्फ नै हुनुपर्ने सापकोटाले बताए ।
हिजो ९र९ महिनामा सरकार चल्ने र ढल्ने काम भन्दा अर्को थोक केही हुन सकेन अहिले मुलुकमा दुई तिहाईको सरकार बनेको छ अब मुलुकमा केही परिवर्तन देखिने सांसद सापकोटाले बताए ।
केन्द्र सरकार प्रदेश सरकार र गाउँ सरकार अब बिकास गर्न लागि परेको हुदा अब निराश हुनुपर्ने अबस्था नआउने दाबी सापकोटाले गरेका थिए ।
अहिले मुलुकमा संघियताको बिरोध हुन शुरू भएको छ साच्चै संघियताको असफल भए संबिधान खारेज हुने राष्ट्रिपति असफल पनि संबिधान खारेज हुने धर्मनिरपेक्षको बिरोध भए पनि संबिधान खारेज हुन पुग्ने सापकोटाले बताए ।
मुलुकमा बहुदलीय ब्यबस्थाको बिकल्प नभएको हुदा राजनीति दल नै सबैको बिकल्प भएको सापकोटाले बताए । नेपाली काङ्ग्रेसले आफ्नो भुमिका बढाउनु पर्ने समेत सापकोटाले भने । अब सामाजिक सुरक्षा भत्ता समेत छिट्टै बढ्ने हुदा अब ढुक्क हुन समेत सबैलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तब्य काँठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष, ग्रामीण स्वास्थ सुधारका कार्यक्रम संयोजक गणेश बरूवाल, काँठेखोला गाउँपालिका कार्यपालिका सदस्य टीका संगम बिक, धौलागिरी एफएमका अध्यक्ष हरिनारायण गौतम, काँठेखोला गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष बिद्यापति शर्मा, बिवाईसीका पुर्ब अध्यक्ष चन्द्रमणी शर्मा, जैमुनी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बेद बहादुर छन्त्याल लगायतका बक्ताहरूले वीवाईसी गण्डकी प्रदेश भरि यसले आफ्नो कार्यक्षेत्र बनाउन सुझाव दिएका थिए । ३ वटा सरकारको बिचमा अब कसरी काम गर्ने भन्ने बारे गैरसरकारी संघसंस्थाको चिन्ता हुन जरुरी रहेको धारणा राखेका थिए ।
जनतालाई रूपान्तर गर्न हामीले जुन भुमिका खेल्योै अब हामी आफै रूपान्तरण हुने बेला आएको छ यसमा बिचार गर्न जरुरी छ भन्ने सुझाव समेत साधारणसभा राखेका थिए । साधारणसभामा संस्था कर्मचारीहरु रामप्रसाद शर्मा र सिता खड्का तथा राम्रो काम गर्ने दुई जना कृषक जैमुनी नगरपालिकाका तुल्कीदेवी सापकोटा र काँठेखोला गाउँपालिकाका चन्द्र बहादुर पुनलाई सम्मान गरिएको थियो ।
संस्थाका कार्यबाहक अध्यक्ष मणिभद्र शर्माको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाको स्वागत मन्तब्य संस्थाका गंगा शर्मा र संचालन सचिव टोयनाथ गौतमले गरेका थिए ।
२०७५ पुस ९ गते प्रकाशित










