संघियता असफल बनाउनु दुर्भाग्यपूर्ण हुन्छः प्रदेश सांसद सापकोटा

बागलुङ, ९ पुस ।
प्रदेश सभाका सांसद इन्द्र लाल सापकोटाले अहिले मुलुकमा ३ तहको सरकार चलिरहेको छ जनताको अपेक्षा ठूलो छ तर जनताले खाेजेकाे कुरा पूरा नभएको बताए ।
धाैलागरि संचार क्लब बागलुङले अायाेजना गरेको साक्षात्कार कार्यक्रममा गण्डकी प्रदेशका सांसद सापकोटाले अब असार पछि सामाजिक सुरक्षा भत्ता बृद्धि हुन लागेको बताए ।
अहिले मुलुककाे ३ वटै सरकार काम गरेर देखाउन लागि परेको छ अहिले सरकारले गरेको काम समेत देखाउन भने नसकेको सापकोटाले बताए ।
हाम्रो हरेक क्षेत्र यथास्थिति मै रहेको यसलाई परिवर्तन गर्न जरुरी छ ब्यबस्था परिवर्तन भए पनि अबस्थामा परिवर्तन हुन नसकेको सापकोटाले साक्षात्कार कार्यक्रममा बताए ।
अहिले संघियता लाई असफल बनाउने खेल चलिरहेको यसलाई कमजोर बनाए मुलुक असफलता तिर जाने सापकोटाले बताए ।
अहिले गण्डकी प्रदेशको ११ जिल्ला मध्य कास्की पछि धेरै बजेट अाउने जिल्लामा बागलुङ परेकाे कारणले पनि यहाँ धेरै बिकास हुने उनले बताए ।
बलेवा एअरपोर्ट संचालन गर्ने बारे बस्टुगत अबस्थाकाे मुल्यांकन नगरिकन हतारमा हवाई जहाज ल्याउनु गल्ती भएको सापकोटाले बताए ।बागलुङ नगरपालिकाले हिजोका दिनमा एअरपोर्ट संचालन गर्ने काेशिस गरेको तर हवाई जहाज नै चढ्ने यात्रु नभएको हुनाले समस्या अाएकाे उनलेे बताए ।
मध्य पहाडी लाेकमार्ग कालिगडकि काेरिडाेर पाेखरा बागलुङ राजमार्ग बागलुङको लागि राम्रो संभावना रहेको सापकोटाले बताए ।जिल्लामा भएका सरकारी कार्यालय हटाउदा जनताले झन दुख पाएकाे बताउदै यदि जिल्ला कायमै रहने भए जिल्लाका सरकारी कार्यालय कायमै राख्नुपर्ने सापकोटाले बताए ।
धाैलागिरि संचार क्लब बागलुङले अायाेजना गरेको साक्षात्कार कार्यक्रमकाे अध्यक्षता धाैलागिरि संचार क्लब बागलुङका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले कार्यक्रम संचालन क्लबका सदस्य कृष्ण कडेलले गरेका थिए ।