विहुँमा रूखले च्यापेर एक मजदुरको मृत्यु

राजेशचन्द्र राजभण्डारी
बागलुङ, ७ पुस
बागलुङ जिल्ला काँठेखोला गाउँपालिका वडा नम्बर ६ विहुँमा शनिबार दिउँसो रूख काट्ने क्रममा रूखले च्यापिएर एकजना मजदुरको मृत्युु भएको छ ।
पर्वत जिल्ला मोदी गाउँपालिका वडा ७ का पुर्ण बहादुर सार्कीको आफैले काटेको उत्तिसको रुखले छातीमा च्यापेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
मृत्युु हुने सार्की दैनिक मजदुरी गरेर जिबीकोपार्जन गर्दै आएको प्रहरीले जनाएको छ ।