
बागलुङ, ७ पुस ।
नेपाल मगर संघको गाउँपालिका स्तरिय प्रथम भेला शुक्रबार काठेखोला गाउँपालिकामा सम्पन्न भएको छ ।
उक्त भेलाको अवसरमा बोल्दै नेपाल मगर संघ जिलला समिति बागलुङका अध्यक्ष गणेश थापाले मगर समुदायले आफ्नो कला संस्कृतिको संरक्षण संगै आफ्नो अधिकारको बारेमा पनि सचेत रहन जरुरी रहेको साथै अधिकार संरक्षण गर्न आफ्नो संगठनलाई पनि बलियो बनाउन आवश्यक रहेको बताउनुभयो ।
उक्त भेलाले मोम बहादुर रोकाको अध्यक्षतामा १७ सदस्य गाउँपालिका स्तरिय तदर्थ समिति गठन गरेको छ । समितिको सचिवमा रन बहादुर थापा, कोषाध्यक्षमा ओमकुमारी पुन रहनुभएको छ । समितिको उपाध्यक्ष, सहसचिव र अन्य सदस्यहरु समितिको प्रथम बैठकले पदपुर्ति तथा मनोनित गर्ने भेलाले निणर्य गरेको छ ।
भेलाले यहि पौष २७ र २८ गते बागलुङमा हुन लागेको गण्डकी प्रदेश स्तरिय अधिवेशनको लागि प्रतिनिधिहरु छनौट गरेको छ ।
नेपाल मगर संघका जेष्ठ सदस्य कृष्ण बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको भेलाको संचालन श्याम बहादुर पुन मगरले गर्नुभएको थियो ।
समाचारको शिर्षकमा भेला हुनुपर्नेमा अन्यथा भएकाले सच्चाईएको छ । -सम्पादक










