
बागलुङ, ५ पुस ।
राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले आम उपभोक्ताकाे हकहितको लागि राष्ट्रिय उपभोक्ता मन्चले बजार अनुगमन गर्ने गर्दै आएको तर यसलाई निरन्तरता दिनसकेमात्र राम्रोसँग सुधार हुने बताए ।
धाैलागिरि संचार क्लब बागलुङले अायाेजना गरेको साक्षात्कार कार्यक्रममा बजारमा अहिले जति पटक अनुगमन गरेपनि अखाध्य सामाग्री बजारमा सामानको मुल्यमा एकरूपता नभएको अध्यक्ष श्रेष्ठले बताए ।
बजारमा बिक्रीवितरण गरिने मासु काट्ने बधशाला अस्तब्यस्त नै रहेको सुधारको लागि प्रयास भए पनि अहिलेसम्म नभएको समेत अध्यक्ष श्रेष्ठले बताए ।
अहिले पनि बजार सुधार गर्नकाे लागि उपभोक्ता मन्च लागि रहेको सबैको सहयोग र समर्थन जरुरी रहेको साक्षात्कार कार्यक्रममा अध्यक्ष श्रेष्ठले बताए ।
धाैलागिरि संचार क्लब बागलुङका अध्यक्ष राजेशचन्द्र राजभण्डारीकाे अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रमकाे संचालन क्लबका सदस्य प्रदिप पन्तले धन्यवाद ज्ञापन क्लबका सदस्य काेपिला कडेलले गरेका थिए ।
धाैलागिरि संचार क्लब बागलुङले समसामयिक बिषयमा केन्द्रीत भइ निर्धारित समयमै कार्यक्रम शुरूवात गर्ने र निर्धारित समयमै सक्ने परम्पराकाे बिकास समेत गर्दै जाने योजना बनाएको क्लबका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताए ।










