रेशमा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन

बागलुङ, २ पुस ।
काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा वडास्तरिय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन गरिएको छ ।
वडाअध्यक्ष प्रेम बहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले ओम बहादुर थापाको संयोजकत्वमा ९ सदस्य कार्यसमिति गठन गरेको छ ।
समितिको सदस्य सचिवमा रश्मी थापा, कोषाध्यक्षमा पवित्रा थापा, सदस्यहरु भोज बहादुर गुरुङ, मीना थापा, देवी कुँवर, चित्रकला कार्की, सीता थापा र खिमा श्रीस रहनुभएको छ ।
यस्तै वडाअध्यक्ष प्रेम बहादुर जिसीको संयोजकत्वमा समितिको सल्लाहकार समिति गठन गरिएको छ । सल्लाहकार समितिको सदस्यहरुमा चित्र कुमारी थापा र रुपा किसान रहनुभएको छ ।