
बागलुङ, २ पौष
धौलागिरी बहुमुखी क्याम्पसमा क्रियाशिल विद्यार्थी संगठन अनेरास्ववीयु र अनेरास्ववीयु क्रान्तिकारीको संयुक्त आयोजनामा भएको संकाय स्तरीय छात्र भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
नवआगन्तु विद्यार्थीहरुलाई स्वागत गर्ने र विद्यार्थीहरुको बाह्य क्रियाकलापलाई प्रस्फुटन गर्ने उद्देश्यले अनेरास्ववीयु र अनेरास्ववीयु क्रान्तिकारीले संकाय स्तरीय छात्र भलिबल प्रतियोगिता तथा संकाय स्तरीय छात्रा लठ्ठो तान्ने प्रतियोगिता आयोजना गरेको थियो । पुरुष भलिबल प्रतियोगितामा बिबिएस संकाय प्रथम, बिएसी संकाय द्धितिय भएका छन् । यस्तै छात्रा रस्साकस्सी प्रतियोगितामा ज्योती क्षेत्री र अमृता क्षेत्रीको समहु प्रथम एवं सरु गौतमको समुह द्धितिय भएका छन् ।
भलिबल प्रतियोगिताको प्रथम हुने टिमले नगद ५ हजार रुपैयाँ सहित मेडल र द्धितिय हुने टिमले २ हजार ५ सय रुपैयाँ सहित मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । यस्तै संकाय स्तरीय छात्रा लठ्ठो तान्ने प्रतियोगिताको प्रथम र द्धितिय हुने टिमले क्रमशः २ हजार र १ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
कार्यक्रममा क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले विद्यार्र्थीहरुलाई सैद्धान्तिक ज्ञान मात्र नभएर व्यवहारिक ज्ञान प्रदान गर्न आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय खेल क्षेत्रमा रुची राख्नेको संख्या बढ्दै गएकाले खेल क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा अनेरास्ववियु जिल्ला सचिव शिव शर्माले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम अनेराश्ववियु जिल्ला सचिवालय सदस्य रोशन कुँवरको अध्यक्षता, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य जिवन शर्माको स्वागत र अनेराश्ववियु सदस्य अनिल शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।










