बागलुङ, २ पुस
जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ८ लेखानी कादेशको एक घरमा आगलागि हुँदा एक जनाको जलेर मृत्यु भएको छ ।
आईतबार दिउसो ४ बजेको समयमा खरको घरमा आगलागी हुँदा घरधनी जीतबहादुर क्षेत्रीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
आगलागिको खबरपछि प्रहरी चौकी विहुँ दोबिल्लाबाट प्रसनि गोविन्द थापाको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी निरीक्षक परशुराम मल्लको कमाण्डमा गएको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।
क्षेतीको विवरण प्राप्त भएको छैन ।










