धौलागिरि बहुमुखी क्याम्पसमा संकाय स्तरीय भलिबल प्रतियोगिता

बागलुङ, २८ मंसिर ।
धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा क्रियाशिल विद्यार्थी संगठन अनेरास्ववीयु र अनेरास्ववीयु क्रान्तिकारीको संयुक्त आयोजनामा शुक्रबारबाट संकाय स्तरीय छात्र भलिबल प्रतियोगिता सुरु भएको छ ।
नवआगन्तु विद्यार्थीहरुलाई स्वागत गर्ने र विद्यार्थीहरुको बाह्य क्रियाकलापलाई प्रस्फुटन गर्ने उद्देश्यले अनेरास्ववीयु र अनेरास्ववीयु क्रान्तिकारीले शुक्रबार र आईतबारको लागि संकाय स्तरीय छात्र भलिबल प्रतियोगिता तथा संकाय स्तरीय छात्रा लठ््ठो तान्ने प्रतियोगिता आयोजना गरेको जनाएको छ ।
शुक्रबार भएको भलिबल प्रतियोगिताको फाईनलमा विविएस दोस्रो वर्ष र विएससी साईन्स भिड्ने भएका छन् ।
७ समुहले भाग लिएको संकाय स्तरीय छात्र भलिबल प्रतियोगितामा विविएस दोस्रो वर्षले विविएस प्रथम वर्ष, तृतीय वर्ष र विएड प्रथम वर्षलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको होभने विएससी साईन्सले विएड प्रथम वर्षको ए टिमलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।
छात्रा भलिबल प्रतियोगिताको फाईनल खेल आईतबार हुने अनेरास्ववीयुका सदस्य अनिल शर्माले जानकारी दिनुभयो ।
यस्तै संकाय स्तरीय छात्रा लठ््ठो तान्ने प्रतियोगिता पनि आईतबार हुनेछ ।
शुक्रबार भएको भलिबल प्रतियोगिताको उद््घाटन क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले गर्नुभएको थियो । कार्यक्रम संयोजक रोशन कुँवरको अध्यक्षतामा सम्पन्न भएको उद््घाटन समारोहको स्वागत अनेरास्ववीयु क्रान्तिकारीका केन्द्रिय सदस्य जिवन शर्मा र संचालन अनेरास्ववीयुका सदस्य अनिल शर्माले गर्नुभएको थियो ।
संकाय स्तरीय छात्र भलिबल प्रतियोगिताको प्रथम हुने टिमले नगद ५ हजार रुपैयाँ सहित मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछभने द्धितिय हुने टिमले २ हजार ५ सय रुपैयाँ सहित मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ ।
यस्तै संकाय स्तरीय छात्रा लठ््ठो तान्ने प्रतियोगिताको प्रथम र द्धितिय हुने टिमले क्रमशः २ हजार र १ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।