काठेखोला-४ तंग्रामका २२ वर्षीय मनबहादुर थापा दुई दिन देखि वेपत्ता

बागलुङ, २६ मंसिर
जिल्लाको काठेखोला गाउँपालिका-४ युवा मनबहादुर थापा दुई दिनदेखि वेपत्ता भएका छन् ।
काठेखोला-४ साविक तंग्राम गाविस वडा नम्बर-६ साँकोट घर भई हाल काठेखोला-१ अक्षेतेमा बस्ने २२ वर्षीय मनबहादुर मंगलबार विहान देखि वेपत्ता भएको परिवारले जनाएको छ । उनको केही समय देखि मानसिक समस्या देखिएको बताईको छ ।
मंगलबार बिहान ९ बजेतिर बागलुङ बजार आउने भनि घरबाट निस्केपछि सम्पर्क विहीन भएको बाबु नन्दे थापाले बताए । खैरो कोट, कालो पाईन्ट र कालो जुत्ता लगाएर घरबाट निस्केपछि परिवार र आफन्तको सम्पर्कमा नआएपछि प्रहरीलाई जानकारी गराएर खोज्दा पनि फेला पार्न नसकिए उनका आफन्त मनिष थापाले बताए ।
मानसिक समस्या भएका थापाको घरमै उपचार भैरहेको अवस्थामा वेपत्ता भएकाले कसैले भेटेमा प्रहरी कार्यालय वा परिवार आफन्तलाई ९८४७६५५८५३ जानकारी गराईदिन परिवारले आग्रह गरेको छ ।