काठेखोला गाउँपालिकामा नेकपाका कार्यकर्ता र जनप्रतिनिधी विच अन्तरक्रिया

अर्जुन कार्की
बागलुङ, २४ मंसिर
काठेखोला गाउँपालिकामा सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ता र जनप्रतिनिधिहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठेखोला गाउँपालिका स्तरीय संयन्त्रको आयोजनामा सम्पन्न भएको कार्यक्रममा जनप्रतिनिधिहरुले अब कामलाई तिब्रता दिनुपर्ने कार्यकर्ताहरुले बताएका थिए । उनीहरुले आफुहरुले सहयोग गर्ने बताउँदै सवै जनप्रतिनिधिहरुलाई स्थानिय तहको विकासमा लागिपर्न अनुरोध गरे ।
कार्यक्रममा बोल्दै संघिय सांसदका सदस्य सुर्य पाठकले जनताको विचमा लागेको कुरा पुरा गर्नको लागि स्थानिय तहका जनप्रतिनिधिहरुसँग मिलेर आफुले काम गरिरहेको बताउनुभयो ।
पाठकले जनताको कामको लागि सवैले एकजुटभएर लागेको बताउँदै अब विकासले तिब्रगति लिने बताउनुभयो । उहाँले अहिले संघिय संसदबाट पनि स्थानिय तहका महत्वपूर्ण काममा राम्रो बजेट विनियोजित भएकाले अब स्थानियतहले बजेटको सहि सदुपयोग गरेर काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले व्यक्ति भन्दा पनि पार्टी र संगठन ठूलो हुने बताउँदै व्यक्तिगत काम भन्दा पनि संगठनलाई फाईदा पुग्ने काम गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानिय तहको विकासको लागि एक जना व्यक्तिलाई फाईदा हुने गरेर गर्न नहुने बताउँदै सवै जनतालाई फाईदा हुने गरेर काम गर्नुपर्ने बताउनुभयो ।
यस्तै काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर थापाले जनप्रतिनिधिहरु सवैका साझा हुन भन्ने सोचेर सवैलाई समेटेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले जनताको अपेक्षालाई सिरोधार गरी जानुपर्ने बताउनुभयो ।
नेकपाका युवा नेता हिरा बहादुर केसीले जनप्रतिनिधी र पार्टीका कार्यकताहरुले कुनै पनि लोभलाभ गर्नु नहुने भन्दै कसैले लोभ गरेर भ्रष्टाचार गरेमा पार्टीबाट कसैले पनि नबचाउने बताउनुभयो । पार्टीमा भ्रष्टाचारीलाई कुनै स्थान छैन युवा नेता केसीले भन्नुभयो कसैले पनि भ्रष्टचार गर्छभने त्यो नेकपामा नरहेपनि हुन्छ, जनप्रतिनिधिहरुले भ्रष्टाचार गरेमा पार्टीले कारवाही पनि गर्छ ।
कार्यक्रममा नेकपाका जिल्ला संयन्त्र सदस्य ज्ञामनाथ गैरे अनिल, काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराका वडाअध्यक्ष विद्यापति शर्मा, वडा नम्बर ६ का वडाअध्यक्ष युक्तप्रसाद कंडेलले बोल्नुभएको थियो । यस्तै गंगाकुमारी शर्मा, गोविन्द भण्डारी, खिम बहादुर कार्की, सुभास गौतम, मुक्तिराम कंडेल, भुमिराज शर्मा, प्रेम पुन, रन बहादुर पुन, खुम भण्डारी, टिका थापा, रामप्रसाद शर्मा लगायतले जिज्ञासा राख्नुभएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठेखोला गाउँपालिका स्तरीय संयन्त्र सदस्य कृष्ण थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत सदस्य हुमाकुमारी जिसी (अञ्जु) र संचालन सदस्य डिल्लीराज गौतमले गर्नुभएको थियो ।