
राजेशचन्द्र राजभण्डारी
बागलुङ, २४ मंसिर
बागलुङ उद्योग बाणिज्य संघका नबनिर्वाचित अध्यक्ष युवराज राजभण्डारीले बागलुङ जिल्लाकाे अार्थिक समृद्धिकाे लागि अाफुले भुमिका खेल्ने धारणा बताए ।
धाैलागिरि संचार क्लब बागलुङले अायाेजना गरेको साक्षात्कार कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघको १७ अाै महाधिवेशन बाट निर्वाचित अध्यक्ष राजभण्डारीले बागलुङ जिल्ला लाई एक गाउँ एक उत्पादन संग जाेडेर अगाडि बढ्ने धारणा राखेका थिए ।
बागलुङ उद्योग बाणिज्य संघले अब गर्ने मेला महाेत्सब जिल्लाकाे पहिचान झल्कने गरि गरि गर्ने अध्यक्ष राजभण्डारीले बताए ।
अहिले निर्वाचनमा दुई खेमा भएर निर्वाचन लडेको भए पनि अब भने सबै मिलेर जाने अाफ्नाे योजना रहेको अध्यक्ष राजभण्डारीले बताए ।
अब केही दिनमा उद्योग बाणिज्य संघको पदाधिकारी चयन गरेर जाने अध्यक्ष राजभण्डारीले बताए । निर्वाचनमा सहयोग गर्ने सम्पुर्ण मतदाता सम्पूर्ण ब्यबसायी संचार कर्मि सबैलाई धन्यवाद समेत दिएका छन् ।
साक्षात्कार कार्यक्रमकाे अध्यक्षता धाैलागिरि संचार क्लबका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले कार्यक्रम संचालन क्लबका सदस्य काेपिला कडेलले गरेका थिए ।










