बागलुङ उद्योग वाणिज्य संघको खुल्ला सदस्यमा राजभण्डारी प्यानलका ११ जना विजयी

अर्जुन कार्की
बागलुङ, २३ मंसिर
बागलुङ उद्योग बाणिज्य संघको १७ औ महाधिवेशनबाट युवराज राजभण्डारीको लोकतान्त्रीक प्यानल दुईतिहाई सहित विजयी भएको छ ।
१ अध्यक्ष, २ उद्योग सदस्य, २ महिला सदस्य र १४ खुल्ला सदस्य गरी १९ जनाको लागि भएको निर्वाचनमा राजभण्डारीको लोकतान्त्रीक प्यानलले अध्यक्ष, १ उद्योग सदस्य, १ महिला सदस्य र ११ खुल्ला सदस्य गरी जम्मा १४ जना विजयी हुँदा दयाराम पौडेलको साझा व्यवसायिक प्यानलबाट १ उद्योग सदस्य, १ महिला सदस्य र ३ खुल्ला सदस्य गरी जम्मा ५ ले विजयी भएका छन् ।
नयाँ नेतृत्वको लागि शनिवार सम्पन्न भएको निर्वाचनबाट राजभण्डारीले ५ सय ९४ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी दयाराम पौडेलले ५ सय १९ मत प्राप्त गरेका छन् ।
त्यस्तै महिला सदस्य तर्फ लोकतान्त्रीक प्यानलका सर्मिला सिता सापकोटा र साझा प्यानलकी शर्मिला खड्का बिजयी भएका छन् । सापकोटाले ६ सय ५ मत र खड्काले ५ सय ८० मत प्राप्त गरे ।
उद्योग तर्फ लोकतान्त्रीक प्यानलका राजन शाक्य र साझा प्यानलका हेम बहादुर खत्री बिजयी भएका छन् । शाक्यले ५ सय ८१ र खत्रीले ५ सय ६२ मत प्राप्त गरेका छन् ।
यस्तै १४ जनाको लागि भएको खुल्ला सदस्य पदको निर्वाचनमा लोकतान्त्रिक प्यानलबाट ११ जना र साझा प्यानलबाट ३ जना विजयी भएका छन् । लोकतान्त्रिक प्यानलबाटका दिपक हमालले ७ सय २८ मत, उमाकान्त शर्मा ‘बाबु’ले ६ सय ९५ मत, श्रीजय श्रेष्ठ ६ सय ८, शशिकपुर श्रेष्ठ ६ सय २, नरेश कंडेल ५ सय ९४, निलेश राजभण्डारी ५ सय ८५, विदेशकुमार श्रेष्ठ ५ सय ८२, नविनकुमार श्रेष्ठ ५ सय ६९, गणेश लम्साल ५ सय ६२, थानेश्वर सुवेदी ५ सय ६२ मत र ईन्द्रमणि पौडेल (अर्जुन)ले ५ सय ३० मत प्राप्त गरेका छन्भने साझा प्यालनका अर्जुन चोखाल ५ सय ८०, राजु खड्काले ५ सय ७५ र रामराज गुरुङले ५३१ र प्राप्त गर्दै विजयी भएका छन् ।
निर्वाचनका लागि शनिवार भएको मतदानमा कुल १ हजार २ सय २२ मतदाता मध्ये १ हजार १ सय ३३ मत खसेको थियो । मत गणना आईतबार सकिएको हो ।