
बागलुङ, २३ मंसिर
बागलुङ उद्योग बाणिज्य संघको १७ औ महाधिवेशनबाट अध्यक्षमा युवराज राजभण्डारी निर्वाचित भएका छन् । शनिवार सम्पन्न निर्वाचनबाट प्रतिद्वन्दी दयाराम पौडेललाई ७५ मतअन्तरले पराजित गर्दै राजभण्डारी निर्वाचित भएका हुन् ।
व्यवसायीहरुको लोकतान्त्रीक प्यानलबाट उम्मेदवार बनेका राजभण्डारीले ५ सय ९४ मत प्राप्त गर्दै बिजयी भएका हुन भने व्यवसायीहरुको साझा प्यानलबाट उम्मेदवार बनेका दयाराम पौडेलले ५ सय १९ मत प्राप्त गरेका छन् ।
त्यस्तै महिला सदस्य तर्फ लोकतान्त्रीक प्यानलका सर्मिला सिता सापकोटा र साझा प्यानलकी शर्मिला खड्का बिजयी भएका छन् । सापकोटाले ६ सय ५ मत र खड्काले ५ सय ८० मत प्राप्त गरेका छन् ।
उद्योग तर्फ लोकतान्त्रीक प्यानलका राजन शाक्य र साझा प्यानलका हेम बहादुर खत्री बिजयी भएका छन् । शाक्यले ५ सय ८१ र खत्रीले ५ सय ६२ मत प्राप्त गरेका छन् ।
निर्वाचनका लागि शनिवार भएको मतदानमा कुल १ हजार २ सय २२ मतदाता मध्ये १ हजार १ सय ३३ जनाले मतदान गरेको थिए । खुल्ला सदस्य १४ पदको लागि भने अन्तिम परिणाम आउन बाँकी छ ।
हालसम्म लोकतान्त्रीक प्यानलका १० जना र साझा प्यानलका ४ जनाले अग्रता लिइरहेका छन् ।










