
बागलुङ, २१ मंसिर
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले अहिले देशको अािर्थक अवस्था रेमिट्यान्सको भरमा चलेको बताएका छन् ।
बागलुङ उद्योग वाणिज्य संघको ५५ औं साधारणसभा तथा १७ औं महाधिवेशनको उद्घाटन गर्दै पूर्वअध्यक्ष ढकालले निजी क्षेत्रको सहकार्य गर्न व्यवसायीहरु एक भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले सहकार्य र सहमती बिना लगानी गर्न नसकिने हुँदा सबै एक हुनुको विकल्प नभएको बताउनुभयो ।
ढकालले देशको आर्थिक अवस्था रेमिट्यान्स मात्र भएकाले यो स्यायी समाधान नभएकाले दिर्घकालिन समाधानको लागि देशका उद्योग धन्दाहरु फस्टाउनुपर्ने बताउनुभयो ।
ढकालले पछिल्लो समय नेपाल वैदेशिक उत्पादनका बजारीकरण गर्ने ‘हब’को रुपमा विकास भएको बताउँदै त्यसको अन्त्यको लागि अब कृषिजन्य उत्पादनको बजारीकरणका लागि भूमिका खेल्नुपर्ने र नेपालमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताउनुभयो ।
ढकालले नेपालमा कृषि र उद्योग क्षेत्रमा व्यवसायिकरण नगरेसम्म पुर्वाधार विकास सम्भव नरहेको बताउनुभएको छ । उहाले कृर्षि र उद्योगको विकास र वजार व्यवस्थपन गर्न जरुरी रहेको वताउदै नीतिगत सुधारको आवश्यक रहेको बताउनुभयो । व्यवसायीका हक हितका निम्ति महासंघले पहल गरिरहेको भन्दै पछिल्लो स्थानीय तहले लागु गरेको कर प्रणालीलाई समायोजन गर्नुपर्ने बताउनुभयो ।
ढकालले अहिले देशमा लगानीको बातावरण नै नभएको बताउँदै त्यसको लागि सरकारले केहि सोच्नुपर्ने बताउनुभयो । ‘अहिले निजी क्षेत्रले मात्र लगानी गर्नपनि देशमा बातावरण नै छैन’ ढकालले भन्नुभयो–कसैले पनि आफ्नो लगानी घाटामा जाओस् भनेर लगानी गर्दैन त्यसैले त्यसतर्फ पनि सरकारले सोच्नुपर्छ ।’ दिर्घकादिेशको आर्थिक विकासको लागि सरकारलाई निजी क्षेत्रले पनि सहयोग गर्ने र त्यसको लागि सरकारले निजी क्षेत्रको लागि विश्वासको बातावरण सिर्जना गर्नुपर्ने ढकालको भनाई थियो ।
राजनीतिक दलहरुले आफ््नो स्वार्थका लागि व्यवसायीहरु बीच फाटो ल्याउने गरेको ढकालले गुनासो गर्नुभयो । ढकालले व्यवसायीहरुले सरकारका राम्रा कुराहरुलाई आत्मसाथ र नराम्रा कुराहरुको आलोचना गर्दै अन्य व्यवसायीहरुको हितको लागि पनि अगाडी बढ्नुपर्ने बताउँदै कहिलेकाँही दलहरुले आफ्नो स्वार्थका लागि आफुहरु विच फाटो ल्याउन काम गर्नेहुँदा त्यसमा सवै व्यवसायी सजग हुन जरुरी रहेको बताउँनुभयो । सरकारले हालै ल्याएको सामाजिक सुरक्षा कार्यक्रम राम्रो भए पनि कार्यान्वयनका लागि समस्या हुनसक्ने उहाँको भनाई छ । ‘सामाजिक सुरक्षाको जून कार्यक्रम सरकारले ल्याएको छ, त्यो कार्यक्रम आफैमा राम्रो हो,’ उहाँले भन्नुभयो,‘तर त्यो लगानी अहिले यहाँको उद्योगी व्यवसायीबाट असुल्न सक्ने परिस्थिति छकी छैन्् भन्ने कुरामा पहिले गम्भीर छलफल र बहस हुनुपथ्र्यो ।’
कार्यक्रममा उद्योग बाणिज्य संघ बागलुङले धौलागिरि बहुमुखी क्याम्पस ब्यबस्थापन संकायमा उत्कृष्ट अंक ल्याउने प्रेम रिजाल लाई नगद ५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । बागलुङ उद्योग बाणिज्य संघलाई आर्थिक सहयोग गर्ने ब्यबसायीहरू शितल ट्रेडर्सका उमाकान्त शर्मा सस्तो कालिका हार्डवयर्सका चुडामणि सापकोटा संजय किराना पसलका संजय कुमार श्रेष्ठ संझना स्टोर्सका छबिलाल सुवेदी र कालिगण्डकी स्टोर्सका योगेन्द्र शर्मालाई प्रसंसापत्र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
साधारणसभामा संघिय सभाका सांसद ज्ञानकुमारी छन्त्याल , गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटा बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल बागलुङ उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष बसन्त कुमार श्रेष्ठ पोखरा उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष संजिब कोइरालाले बोलेका थिए । बागलुङ उद्योग बाणिज्य संघको ३ बर्षको कार्यकालमा आफुहरू लाई सफल बनाउन महत्त्वपूर्ण भुमिका खेल्ने संघका भुपु अध्यक्ष सल्लाहकार कानुनी सल्लाहकार प्रेस सल्लाहकार कार्यसमिति आमन्त्रित सदस्यलाई प्रसंसापत्र बाट सम्मान गरिएको थियोे ।
महाधिवेशनको अध्यक्षता बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी धन्यवाद ज्ञापन बरिस्ठ उपाध्यक्ष युवराज राजभण्डारी कार्यक्रम संचालन महासचिव दयाराम पौडेलले गरेका थिए ।
नयाँ नेतृत्वको लागि मतदान शनिबार
बागलुङ उद्योग बाणिज्य संघको तीन वर्षिय नयाँ नेतृत्व चयनको लागि शनिबार मतदान हुने भएको छ । संघको आगामी तीन वर्षे नयाँ नेतृत्वका लागि दुई समूहले छुट्टाछुट्टै प्यानल बनाएर चुनावमा होमिएका छन् ।
नेतृत्वको लागि वर्तमान कार्यसमितिका महासचिव दयाराम पौडेल र वरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारीले आ–आफ्नो प्यानल बनाएका छन् ।
१ हजार २ सय २२ जना मतदाता रहेको संघको मतदान शनिबार विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म हुने संघका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले जानकारी दिनुभयो ।
पौडेलको प्यानलबाट उद्योग सदस्यतर्फ हेम बहादुर खत्री र सन्दिप खड्का उम्मेदार छन्भने राजभण्डारीको प्यानलबाट ऋषिराम गौतम र राजन कुमार शाक्य हुनुहुन्छ । यस्तै महिला सदस्यमा पौडेल प्यानलबाट शर्मिला खड्का र यमकला राना तथा राजभण्डारी प्यानलबाट सितादेवी सापकोटा कंडेल र अर्चना पालिखेले उम्मेदवारी हुनुहुन्छ ।
१४ जना खुल्ला सदस्य पदको लागि पौडेल प्यानलबाट प्रचण्ड राजभण्डारी, राजकुमार श्रेष्ठ, संजयकुमार श्रेष्ठ, बद्री ढुंगाना, अनिस खाती, अजय श्रेष्ठ, राजु खड्का, रामराज गुरुङ, अर्जुन चोखाल, कृष्ण बहादुर कार्की, लोक बहादुर केसी, हरिप्रसाद आचार्य, पुनम प्रसाद शर्मा, लक्ष्मण शर्मा उम्मेदवार हुनुहुन्छ । राजभण्डारी प्यालनबाट नरेश कंडेल, विदेशकुमार श्रेष्ठ, उमाकान्त शर्मा ‘बाबु’, दिपक हमाल, शशिकपुर श्रेष्ठ, छविलाल सुवेदी, नविन कुमार श्रेष्ठ, ईन्द्रमणि पौडेल, निलेश राजभण्डारी, गणेशराज लम्साल, श्रीजय श्रेष्ठ, महेन्द्रप्रसाद शर्मा, थानेश्वर सुवेदी र सहविन अर्गेजा मगर उम्मेदवार हुनुहुन्छ । निर्र्वाचनमा नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)ले पौडेल नेतृत्वलाई समर्थन गरेको छभने नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति नेपाल र राप्रपाले राजभण्डारी प्यानललाई समर्थन गरेको छ ।
महाधिवेशनमा अध्यक्ष सहित २ उद्योग सदस्य, २ महिला सदस्य र १४ जना खुल्ला सदस्य पदमा मतदान हुनेछ ।










