
बागलुङ, २१ मंसिर ।
त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ संघ धौलागिरि बहुमुखी क्याम्पस एकाइ समिति बागलुङको १८ औं अधिवेशनले ११ जना एकाइ सदस्य गठन गरेको छ ।
शुक्रबार भएको अधिवेशनले विजयराज पन्त, भक्तिराम न्यौपाने, उदयचन्द्र चपाई, कुलप्रसाद अधिकारी, शिवसरण ज्ञावली, विश्वबन्धु अधिकारी, शिवप्रसाद पौडेल, हिरालाल रेग्मी, दिपकप्रसाद शर्मा कंडेल, प्रमिला राजभण्डारी र रामचन्द्र शर्मा एकाइ सदस्यमा सर्वसम्मत निर्वाचित भएको निर्वतमान अध्यक्ष डिल्लीराज गौतमले जानकारी दिनुभयो । एकाइ सदस्यहरुको बैठकले पदाधिकारीहरु चयन गर्ने निर्वतमान अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
यस्तै अधिवेशनले ४ जना केन्द्रिय अधिवेशनको लागि प्रतिनिधि चयन गर्नुपर्ने भएपनि विविध कारणबस उक्त कार्यक्रम आईतबारलाई सारिएको छ ।

यस्तै आजै भएको अधिवेशनको उद्घाटन समारोहमा बोल्दै धोलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले प्रध्यापकहरुले गरेको सहयोगले नै अहिले क्याम्पसको स्तरमाथि उठेको बताउनुभयो ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख धुर्वराज गौतम, पूर्व क्याम्पस प्रमुख गोविन्द प्रसाद शर्मा कंडेल, पूर्वसभापति विष्णुप्रसाद शर्मा पौडेल, नेपाली विभागका प्रमुख डा. दिन बहादुर थापा, क्याम्पसका कर्मचारी शिवप्रसाद पाध्याय, आंशिक प्राध्यापक विष्णु चापागाई लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
एकाइ सभापति डिल्लीराज गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपसभापति विजयराज पन्त र संचालन सचिव भक्तिराम न्यौपानेले गर्नुभएको थियो ।










