
बागलुङ, १९ मंसिर
महिला हिंसा बिरूद्द प्रत्येक बर्ष मनाउँदै आएको महिला हिंसा बिरूद्दको १६ दिने अभियान यतिबेला कर्मकाण्डे बन्दै गइरहेको अहिले महिला हिंसाका घटना झन बढेर गएको धारणा बागलुङका महिला अधिकारकर्मिहरू ब्यक्त गरेका छन् ।
धौलागिरि संचार क्लब बागलुङको नियमित साक्षात्कार कार्यक्रममा महिला अधिकारकर्मि ममतादेबी शर्मा, शकुन्तला शर्मा र मन्जु क्षेत्रीले महिला हिंसा बिरूद्दको अभियान चलाउने गरेको भए पनि बागलुङ जिल्लामा महिला हिंसा घरेलु हिंसाको घटना झन बढेर जानू दुखको कुरा भएको बताए । अहिले बागलुङ जिल्लाका रूपा गौतम हत्याकाण्ड बारे राम्रोसँग मुद्दा लैजान नसकेको कारणले अलिकति ओझेलमा परेको धारणा राखेका थिए ।
बागलुङ जिल्लामा एक बर्षको दौरानमा ९४ जना बालबालिका महिलाहरू हराएको घटना देखिएको महिला अधिकारकर्मि शकुन्तला शर्माले बताउनुभयो ।
स्थानीय तह गठन भए पछि जिल्लामा भएको कार्यक्रम कटौती भएको कारणले समस्या आएको शर्माले बताउनुभयो ।
घटनाहरू एकपछि अर्को गरेर बढ्दै गएको देखिन्छ यसलाई अहिले देशमा भइरहेको सचेतताको कारणले पनि हुनसक्ने शर्माको भनाई छ ।
कार्यक्रममा अहिले घटना नयाँ नयाँ किसिमको देखा परेको महिला अधिकारकर्मि मन्जु क्षेत्रीले बताउनुभयो । अहिले सोसल मिडियाको कारणले हिंसाको घटना बढीरहेको क्षेत्रीले बताउनुभयो ।
साक्षात्कार कार्यक्रममा अधिबक्ता समेत रहनुभएकी ममता देबी शर्माले अहिले आत्माहत्याको घटना बढ्नुमा घरेलुु हिंसा नै प्रमुख कारण भएको बताउनुभयो । अहिले सम्बन्ध बिच्छेदका घटना कानुनी कारणले पनि बढेको शर्माको भनाई छ । अहिले ९५ प्रतिशत महिला पुरूषबाट र ५ प्रतिशत पुरूष महिला बाट हिंसामा परिरहेको बताउँदै शर्माले अहिलेको कानुनले यसलाई झन बढावा दिएको बताउनुभयो ।
धौलागरि संचार क्लब बागलुङका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रमको संचालन क्लबका सदस्य कृष्ण कडेलले गर्नुभएको थियो ।










