
बागलुङ, १९ मंसिर
स्वतन्त्र बिद्यार्थी युनियन गलकोट बहुमुखि क्यापसले आयोजना गरेको शैक्षिक, खेलकुद तथा सास्कृतिक कार्यक्रम आजदेखि सुरु भएको छ । क्यापसको शैक्षिक गुणस्तर बृद्धि, संस्थाको कोठा ब्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको सभापति गुमानसिह भण्डारीले बताउनुभयो ।
आजदेखि खुल्ला बिद्यालय स्तरिय भलिबल प्रतियोगिता सुरु भएको खेलकुद संयोजक दिपक मल्लले बताउनुभयो । आज पहिलो दिन गलकोट बहुमुखि क्यापस समुह ए र न्यु लाईफ आवसिय माद्यामिक बिद्यालय बिच उदघाटन खेल भएको अर्जुन खत्रीले बताउनुभयो ।
क्यापसको आर्थिक अवस्था कमजोर भएका कारण कक्षाकोठा थप गर्न सक्ने अवस्था नभएका कारण स्ववियुको कोठामा राखेर समेत बिद्यार्थीलाई पढाउन थालिएको छ । संस्थाको आफनै कोठा भएपनि उक्त कोठामा बिद्यार्थीहरुले पठन पाठन गर्ने भएका कारण कागजपत्र राख्न, बैठक, छलफल गर्न समेत ठाउको अभाव भएपछि कार्यक्रम मार्फत आर्थिक संकलन गरि कोठाको ब्यवस्थापन गरिने आयोजकले जनाएको छ ।
क्यापसको २ तला र गलकोट नमुना माद्यामिक बिद्यालयको २ तला भएको भवनमा बिहानमा क्यापसका बिद्यार्थीले अध्ययन गर्ने गरेका छन भने दिउसोमा गलकोट नमुना माद्यामिक बिद्यालयका बिद्यार्थीहरुले पठन पाठन गर्ने गरेका छन । क्यापसको आफनै खेलमैदान नहुदाँ बाह्य कार्यक्रम सँगै आन्तरिक कार्यक्रम समेत गर्न समस्या देखिएको बिद्यार्थी धुर्व सुवेदीले बताउनुभयो ।
संस्थाले भोलि बिहान ८ बजेदेखि मंसिर २१ गते १२ बजेसम्म भलिबल प्रतियोगिता, बतृत्वकला सँगै गलकोट बहुमुखि क्यापसका प्रध्यापक, ब्यवस्थापन समिति र बिद्यार्थी बिच शैक्षिक अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने बिद्यार्थी नविन गौतमले बताउनुभयो । २२ गतेसम्म सञ्चालन हुने कार्यक्रममा संस्थाले खुल्ला बिद्यालय र क्यापस सहभागी हुने गरि भलिबल प्रतियोगिता, सामुहिक नृत्य प्रतियोगिता, बतृत्वकला प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगिता आयोजना गरेको भलिबल संयोजक दिपक मल्लले बताउनुभयो ।










