उवासंघको चुनावमा पौडेल प्यानललाई नेवा राष्ट्रिय मुक्तिमोर्चा बागलुङको समर्थन

राजेशचन्द्र राजभण्डारी
बागलुङ, १८ मंसिर
नेवा राष्ट्रिय मुक्तिमोर्चा जिल्ला शाखा बागलुङले मंसिर २२ गते हुन गइरहेको निर्वाचनको लागि निर्वाचनमा बामपंथी पार्टीको तर्फबाट उमेदवार बनेका टिमलाई निर्वाचित गराउनको लागि आयोजकले नेवार समुदाय लाई अनुरोध गरे ।
बागलुङ नगरपालिका ३ कैलाम पोखरी सामुदायिक बन को प्राङ्गणमा आयोजित बनभोज तथा उमेदवार परिचय कार्यक्रममा बामपंथी गठबन्धनबाट उमेदवार दिएका बर्तमान महासचिव दयाराम पौडेलको नेतृत्वको टिमका सम्पूर्ण सदस्यहरूले आफ्नो परिचय दिदै यसपटकको निर्वाचनमा आफुहरू मतदान गरेर जिताउन समेत आग्रह गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशका माननीय सांसद इन्द्रलाल सापकोटाले निर्वाचनको बेलामा मात्रै जातजाति हेरेर अगाडि भुमिका खेल्ने कारणले पनि समस्या आउने गरेको बताए ।
उद्योग बाणिज्य संघ ब्यबसायी एउटा गैरसरकारी संस्था हो यसले साच्चै बागलुङको प्रगति देख्ने हो भने स्थानीय निकाय प्रदेश सरकारसंग सहकार्य गर्न सके यसले राम्रो काम गर्न सक्ने सापकोटाले बताए । यसलाई राजनीतिबाट टाढा राख्नुपर्ने जसले ब्यबसायी हकहितको लागि काम गर्ने नेतृत्व छान्नु पर्ने सापकोटाले बताए ।
बागलुङ उद्योग बाणिज्य संघका अध्यक्षका उमेदवार दयाराम पौडेलले आफुले १८ बर्षसम्म बागलुङ उद्योग बाणिज्य संघमा भुमिका खेलिसकेको कारणले पनि यसपटक अध्यक्षको नेतृत्व गर्न अगाडि बढेको बताए । अहिले बजार खस्केको कारणले पनि यसलाई माथि लैजान नेतृत्वमा आएपछि भुमिका खेल्ने पौडेलले बताए । स्थानीय निकाय ब्यबसाय संग सहकार्य गरेर आफ्नो नेतृत्वको टिमले काम गर्ने पौडेलले बताए ।
कार्यक्रमको अध्यक्षता नेवा मुक्तिमोर्चाका जिल्ला अध्यक्ष बिन्दु सागर राजभण्डारी स्वागत रतन प्रसाद मलेपती संचालन निरज शाक्यले गरेका थिए ।