बागलुङको शान्ति सुरक्षा सन्तोषजनक, रुपा गौतमका हत्यारा चाडै सार्वजनिक गछौंः एसपी रेग्मी

बागलुङ, १८ मंसिर
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख दिपक रेग्मीले बागलुङ जिल्लामा शान्ति सुरक्षाको अबस्था सन्तोषजनक रहेको बताए ।
धौलागिरि संचार क्लब बागलुङले सदरमुकाम आयोजना गरेको साक्षात्कार कार्यक्रममा प्रहरी प्रमुख रेग्मीले जिल्लामा महिला हिंसाको घटना गत बर्षको तुलनामा झन बढेर गएको जिल्लामा आएको उजुरी उपर भने तत्काल कार्वाही गर्ने गरेको रेग्मीले बताए ।
बागलुङको बहुचर्चित रूपा गौतमको हत्याकाण्ड बारे प्रहरी नजिक पुगिसकेको हुदा अब छिट्टै घटना बाहिर ल्याउने रेग्मीले स्पष्ट पारेका थिए ।
जिल्लामा ५३७ जनाको प्रहरी दरबन्दी भए पनि हाल ४०० जना जनशक्ति भएको कारणले शान्ति सुरक्षामा समस्या भएको रेग्मीले बताए । अहिले जिल्लामा ट्राफिक जनशक्ति कम भएको कारणले ट्राफिक समस्या समाधान गर्ने गार्‍हो भएको प्रहरी प्रमुख रेग्मीले बताए ।
धौलागिरि संचार क्लब बागलुङका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य क्लबका सदस्य कोपीला कडेल र संचालन क्लबका सदस्य प्रदिप पन्तले गरेका थिए ।
धौलागिरि संचार क्लब बागलुङले समसामयिक बिषयमा जिल्लामा रहेको सरोकारवालालाई राखेर साक्षात्कार कार्यक्रम नियमितरूपमा संचालन गर्दै जाने योजना रहेको धौलागिरि संचार क्लबका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताए ।