
बागलुङ, १७ मंसिर
बागलुङ उद्योग वाणिज्य संघको १७ औं महाधिवेशनको मिति नजिकि रहेको बेला मंसिरको जाडोमा पनि बागलुङ बजार तातेको छ । अहिले बजारका चिया पसल तथा चोक चोकमा आगामि तीन वर्षको लागि नयाँ नेतृत्वमा को आउँदा कसले चुनाव जित्ला भनेर गफ गर्नेहरु बढिरहेका छन् ।
१४ गते वर्तमान कार्यसमितिका महासचिव दयाराम पौडेल र वरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारीले दुई प्यानल बनाएर चुनावमा होमिएपछि बजारका व्यवसायीहरु दुईपक्षमा विभाजन भई भोट माग्न र कसलाई जिताउने भनेर रणनीति बनाउन लागि परिरहेका छन् ।
उम्मेदवारी दर्ता गरेको भोलिपल्टै पत्रकार सम्मेलनको आयोजना गरेर आफ्ना प्रतिवद्धता र अध्यक्षमा किन उम्मेदवारी भनेर पौडेलले प्रष्ट पारिसकेका छन् । पौडेलले पत्रकार सम्मेलनमार्फत १९ प्रतिबद्धताहरु व्यवसायीहरु माझ लगेका छन् ।
यस्तै राजभण्डारीले पनि पौडेलले पत्रकार सम्मेलन गरेपछि भोलीपल्ट आईतबार पत्रकार सम्मेलन गरी १७ ओटा प्रतिबद्धता व्यक्त गरेका छन् ।
उम्मेदवारहरुले ठूलो ठूलो प्रतिबद्धता व्यक्त गरेपनि बर्तमान कार्यसमितिका एक पदाधिकारीले भने गर्नै नसकिने प्रतिबद्धता व्यक्त गर्न नहुने र अहिलेको धेरै प्रतिबद्धता सपना देखाउने खालको मात्र रहेको बताए ।
हेर्नुहोस् उनीहरुले गरेका प्रतिबद्धताहरु
दयाराम पौडेलको प्यानलले प्रस्तुत गरेको प्रतिबद्धताहरुः
युवराज राजभण्डारीको प्यानलले प्रस्तुत गरेका प्रतिबद्धताहरु












