व्यवसायीका पक्षमा काम गर्ने दयारामका १९ प्रतिबद्धता

बागलुङ, १५ मंसिर ।
बागलुङ उद्योग बाणिज्य संघको १७ औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार दयाराम पौडेलले बागलुङ उद्योग बाणिज्य संघको गरिमालाई उचाइमा पु¥याउँनका लागि आफूले उम्मेदवारी दर्ता गराएको बताउनुभएको छ । बागलुङमा पत्रकार सम्मेलनको आयोजना गरी वर्तमान महासचिव समेत रहनुभएका अध्यक्ष उम्मेदवार पौडेलले संघ भित्र धेरै विकृतिहरु मौलाइरहेको भन्दै त्यसको अन्त्यकालागि आफू सशक्त रुपमा अगाडि बढेको बताउनुभएको हो ।
मंसिर २१ र २२ गते हुन गइरहको महाधिवेशनका लागि शुक्रबार मनोनयन दर्ता भइसकेको छ । साझा व्यवसायीक प्यानल बनाएर निर्वाचनमा होमिनुभएका अध्यक्षका उम्मेदवार पौडेलले समग्र बागलुङको विकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । स्थानीय सरकारले लगाउने करको दर व्यवस्थापन गर्नुपर्ने आवश्यक रहेको भन्दै पौडेलले कर समायोजनका लागि स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बिभिन्न १९ बुदे प्रतिबद्धता सहित निर्वाचनमा होमिएको साझा व्यवसायीक प्यानलले सम्पुर्ण बस्तुगत संघसँग समन्वय गरी व्यव्सायीक समस्या पहिचान गर्ने र समाधानको उपाय अवलम्बन गर्ने, ब्यावसायीक राहत कोष स्थापना गर्ने, हाल घट्दै गैरहेको व्याव्सायलाई मध्यनजर गरी सम्भावीत नयाँ सामुहिक व्यावसाय सञ्चालनको बहस चलाई खोजी गरिने र सामुहिक लगानीमा बिजनेस कम्प्लेस निर्माण गरिने बताउनुभएको छ ।
त्यसैगरी कालिगण्डकी करिडोरलाई बागलुङ बजार क्षेत्र हँुदै म्याग्दी जोड्न आवश्यक पहल गर्ने र सडक कालोपत्रेकालागि पहल गर्ने मध्यपहाडी राजमार्गअन्र्तगत बागलुङ घोडबाधे खण्डलाई कालोपत्रे गर्न सम्बन्धीत निकायलाई दबाब सृजना गर्ने बताउनुभयो । राष्ट्रिय महत्वको कोरल्ला नाका सञ्चालनका लागि व्यवसायीहरुको दवाव आवश्यक हुने भन्दै पौडेलले आफूले विगतदेखि नै यो अभियान सञ्चालन गरिरहेकाले कोरल्ला नाका सञ्चालनका लागि सरकारलाई दवाव सिर्जना गर्ने, बागलुङ जिल्लालाई ब्याव्सायीक हबका रुपमा बिकास गर्न रामरेखा–पाङ र ओढारचौर–नाग्लीबाङ्ग झोलुङ्गेपुल निर्माण गर्न पहल गर्ने बजारलाई सुरक्षित एबं सुन्दर नगरको रुपमा बिकास गर्न थप सिसी क्यामेराको व्यवस्था गरी पुरानो मर्मतको ब्यवस्था गर्ने बताईएको छ ।
यसैगरी पर्यटन ब्याव्सायको प्रबद्धनका लागि जिल्लामा रहेका धार्मिक तथा अन्य पर्यटकिय स्थलको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा प्रचार–प्रसारगरी उल्लेखनीय रुपमा पर्यटक भित्राउन पहल गरिने स्थानीय कलासंस्कृतीको संरक्षणका लागि मेला महोत्सवलाई निरन्तरता दिने, स्थानीय सरकारसँग सुमधुर सम्बन्ध कायम गरी ब्याव्सायीमैत्री कार्यक्रम सञ्चालन गरिने गल्कोट बुर्तिबाङ इकाईलाई स्वयत्तता प्रदान गरी प्रदेश उद्योग बाणिज्य संघ र नेपाल उद्योग बाणिज्य महासंघमा आवद्ध गराउन आवश्यक पहल गर्ने कुश्मीसेरा ईकाई स्थापना गर्ने लगायतका १९ बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । कार्यक्रमको संचालन निर्वाचन प्रचारप्रसार समितिका संयोजक चन्द्र गणेशले गर्नुभएको थियो ।
निर्वाचनका लागि अध्यक्ष पदमा बर्तमान बरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारी र महासचिव दयाराम पौडेल छुट्टा छुट्टै प्यानलका साथ अगाडी बढ्नुभएको छ । मंसिर २२ गते एक अध्यक्ष सहित दुई उद्योग सदस्य, दुई महिला सदस्य र १४ खुल्ला सदस्य पदमा निर्वाचन हुँदैछ ।