
कमल पौडेल
बडिगाड बागलुङ, ९ मंसिर
मध्यपहाडी लोकमार्ग अन्तरगत बडिगाड गाउँपालिकामा शनिबार भएको मोटरसाईकल दुर्घटनाका एक जना घाइतेको उपचारको क्रममा आईतबार मृत्यु भएको छ ।
बडिगाड गाउँपालिकामा लागेको मेला हेरेर फर्किने क्रममा शनिबार वडा नम्बर २ को सक्नयार आकाशे पुल नजिकै ग १० प ८६४९ मोटरसाईकलमा सवार गरपाला ९ रुकुमका नविन बुडाथोकीको पाल्पामा उपचारको क्रममा मृत्यु भएको छ ।
बुडाथोकी ट्याक्टर चालक रहेका हुन ।
सोही दुर्घटनामा गम्भिर घाइते भएका गुल्मी इस्मा गाउँपालिका वडा नं. ३ नयाँपोखराका युवराज खडकाको काठमाडौंको शिक्षण अस्पतालमा उपचार भईरहेको उनका दाजुर केयरसिंह खड्काले जानकारी दिए ।










