
बागलुङ, ९ मंसिर
काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जाको धम्जा सामुदायिक स्वास्थ्य ईकाईको आयोजना वडा कार्यालयको सहयोग र बागलुङ डेण्टल होमको प्राविधिक सहयोगमा शनिबार निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।
शिविरको अवसरमा बोल्दै काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर विकले नागरिकहरुको स्वास्थ्य प्रति गाउँपालिकाले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको बताउनुभयो ।
कार्यक्रममा काठेखोला गाउँपालिका गाउँकार्यपालिका सदस्य सुन्तली विक, डा. देवराज श्रेष्ठले शुभकामना मन्तव्य व्यक्तगर्नुभएको थियो ।
काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जाका वडासदस्य खुम बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत वडाका प्राविधिक सहायक मनहरी कंडेल र संचालन सामुदायिक स्वास्थय ईकाई प्रमुख लोक बहादुर भण्डारीले गर्नुभएको थियो ।
शिविरमा एक सय ११ जनाको दाँतको परीक्षण गरिएको थियोभने ५६ जनाको बिग्रेका दाँत झिकिएको ईकाई प्रमुख भण्डारीले जानकारी दिनुभयो ।
शिविरमा बागलुङ डेण्डल होमका खेम सुनार, सपना पाण्डे, दुर्गा तारामी, लालमती काउचा, धौलागिरी अञ्चल अस्पतालका राम वि.क., जनस्वास्थय कार्यालयका डिल्ली आचार्य, भीमापोखराका स्वास्थ्यचौकी अहेव विष्णुनाथ सापकोटा र बागलुङ नगरपालिकाका सि.अ.हे.व. सोमराज पाण्डेयको प्राविधिक सहयोग रहेको थियो । धम्जा सामुदायिक स्वास्थ्य ईकाईले पछिल्लो अवस्थामा विभिन्न स्वास्थ्य शिविरहरु गर्दै आएको छ ।










