ढोरपाटनमा आगलागि हुँदा ३० घर जलेर पूर्णरुपमा नष्ट

बागलुङ, ९ मंसिर
बागलुङको ढोरपाटन नगरपालिका–९ (ढोर) नविमा भिषण आगलागी हुँदा ३० घर जलेर नष्ट भएका छन् । रातको करिब दुई बजेतिर एक घरबाट सल्किएको आगोका कारण जोडिएका ३० घर पुर्णरुपमा जलेका छन् ।
आगोलागि पछि नियन्त्रणमा लिन पुगेको हनुमान ध्वज गण गुल्म नेपाली सेनाको टोलीले ३० घरसँगै रहेका अन्य २३ घरभने जोगाउन सफल भएका छन् । आगो आईतबार विहान ८ बजे नियन्त्रणमा आएको हनुमान ध्वज गुल्मका ईन्द्र शाहिले जानकारी दिए ।
ढोरपाटन प्रहरी चौकीसमेत बोबाङ झरेका कारण बस्ती सुनसान रहेको अवस्थामा अचानक लागेको आगो फैलन पाएको हो । आगो कसरी लाग्यो भन्ने खुल्न सकेको छैन । उक्त स्थानमा फलेकले छाएका र ढुंगाले छाएका घरहरु छन् ।
स्थानीय घरधनी चैत्रदेखि कार्तिक महिनासम्म उक्त स्थलमा बस्ने गरे पनि चिसो बद्दै जाँदा चिसो छल्न बोबाङ, अधिकारीचौर गाउँमा झरेका थिए । दुई चार जना चौकिदारको भरमा घर सम्पत्ति जिम्मा लगाएर झरेका उनिहरुको घर सहित घरभित्र राखिएको लत्ता कपडा, अन्नपात सबै जलेर नष्ट भएको बताईएको छ ।
घटना स्थलदेखि करिब ३ किलोमिटर टाढा रहेको नेपाली सेनाको टोलीले आगलागीको घटना थाहा पाएलगत्तै गुल्मका गुल्मपति मेजर रविजंग खड्काको कमान्डमा खटिएको १ सय २३ जनाको टोलीले आगो निययन्त्रणमा लिएको थियो ।
नवीगाउँमा आगलागी भएको थाहा पाएपछी बेसीगाउँ झरेका नवीगाउँबासीहरु ढोरपाटन फर्किरहेका छन् ।