मानव सेवा अाश्रमलाई १० हजार सहयोग

राजेशचन्द्र राजभण्डारी
बागलुङ, ५ मंसिर ।
बागलुङ सदरमुकाममा रहेर मानवीय सेवा गर्दै अाएकाे मानव सेवा अाश्रम लाई सहयोग गर्ने अभियानले यतिबेला निरन्तरता पाएकाे छ ।
समाजबाट परिवारजन बात हेला भएर बाहिर तितरबितर भएर रहेका ब्यक्तिहरूलाइ संरक्षण लालन पाेषण गर्दै अाएकाे संस्थालाई बागलुङ नगरपालिका वडा नम्बर ३ गुठी निवासी हालै मात्र बेलायतबाट डाक्टर पास गरेकि सुजाता खड्काले अाश्रमकाे लागि १० हजार ५ रूपैयाँ नगद सहयोग प्रदान गरेको मानव सेवा अाश्रमका संचालक शिव खड्काले बताए ।
मानव सेवा अाश्रममा एक कार्यक्रम गरि मानव सेवामा रहेका नारायणहरूकाे लागि सहयोग गर्न पाउँदा अाफुलाइ खुशी लागेको डाक्टर सुजाता खड्काले बताए ।अाफु बेलायतमा अध्ययन गर्ने बेलामा बागलुङकाे मानव सेवा अाश्रम काे काम गतिविधि सुनेको सामाजिक संजाल मार्फत जानकारी पाएकाे कारणले अहिले सहयोग गर्न अाएकाे खड्काले बताए ।
बागलुङको मानव सेवा अाश्रममा हाल १९ जना लक्ष्मीनारायणहरू बस्दै अाएका छन् ।