आदर्श सञ्चारले दियो मृत्यु राहत

बागलुङ ३ मंसिर
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलङले शेयर सदस्यका आफ्न्तको निधनमा प्रदान गरिने मृत्यु राहत रकम हस्तान्तरण गर्दै समवेदना व्यक्त गरेको छ ।
संस्थाका शेयर सदस्य बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङ निवासी निमा बोहराका पुजनीय ससुरा जगत बहादुर थापाको निधन भएको १३ औं दिनको पुण्यतिथिमा उहाँहरुको घरमै पुगेर श्रद्धाञ्जली सभा तथा राहात रकम हस्तान्तरण गरिएको हो ।
संस्थाका सञ्चालक कमल लामिछाने र खिम बहादुर के.सीले उहाकोपरिवारलाई संस्थाको नियम अनुसार ५ हजार रुपैया राहत रकम हस्तान्तरण गर्नुभएको हो । राहात रकम हस्तान्तरण गदै सञ्चालक द्वयले संस्थाले शेयर सदस्यको परिवारमा पर्न जाने शोकमा साथ दिन यो अभियान सञ्चालन गरेको जानकारी दिनुभयो । जन्म देखि मृत्युसम्म सहकारी शेयर सदस्यको सहयोगी बन्नु पर्ने बताउनुभयो ।
साविक धौलागिरि अञ्चलकै पहिलो सञ्चार सहकारीको रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले सेयर सदस्यको परिवारका सदस्यको निधनमा ५ हजार र सेयर सदस्यको निधन भएमा १५ हजार रुपैया मृत्यु राहत स्वरुप हस्तान्तरण गर्दै आएको छ । सूचना र सञ्चार अन्तर्गत धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिका प्रकाशन गर्दै आइरहेको आदर्श सञ्चार सहकारीले वित्तीय, सञ्चार र सहकारी सम्बन्धी विभिन्न कार्यक्रमका साथै जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । संस्थामा १ हजार ३ सय जना शेयर सदस्य, ३ करोड शेयर रकम, १२ करोड निक्षेप, १४ करोड कर्जा लगानी रहेको संस्थाका कोषाध्यक्ष पूर्णबहादुर कार्कीले जानकारी दिनुभयो ।