
गुमानसिंह भण्डारी
बागलुङ (गल्कोट), ३ मंसिर ।
गलकोट नगरपालिकामा सम्पती तथा मालपोत कर लागु भएको छ । गलकोट नगरपालिका वाड नम्बर ९ का दल बहादुर कार्मीले कार्यलयबाट पहिलो सेवा लिएर सेवाको शुभारम्भ गरिएको छ । उहाँले घरजग्गाको ३ सय १८ रुपिया ७० पैसा कर तिर्नुभएको हो । लामो समय पछि सञ्चालनमा आएको सम्पती तथा मालपोत करको सेवा प्रभाव जनमुखी हुने नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो ।
उहाँले छिटो र सहजरुपमा नागरिकको काम अगाडि बढाउने भन्दै कर थौरै लिने तर करको दायरा बढाउने बताउनुभयो । नागरिकले सहजरुपमा घरदैलामै सरकारी सुविधा पाउनुपर्छ भन्ने उदेश्यले सरकारको नीति तथा कार्यक्रम अनुसारनै सेवा प्रवाह गर्ने निर्णय भएकोले गलकोट नगरपालिकामा मालपोत कार्यालय स्थापना गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णराज गौतमले बताउनुभयो । कार्यक्रममा नेपाल सरकारको निति तथा कार्याक्रम अनुसार सम्पती तथा मालपोत कर लागु गरिएको बिषयमा जानकारी गराईएको थियो । कर बुझानका लागी नगरपालिकाले सफ्टवयर सिष्टम लागु गर्ने नगरउपप्रमुख रेनुका काउचा मगरले बताउनुभयो । स्थानिय सरकार संचालन ऐनको दफा ५५ र ५६ को ऐन अनुसार लागु सेवा सुभारम्भ भएको हो । पहिले एकिकृत सम्पती कर लागु गर्ने उल्लेख भएपनि पछि आर्थिक ऐन संसोधन भई सम्पती तथा मालपोत कर लागु भएको नगरपालिकाले जनाएको छ । घर र घरको चर्चको कर सम्पती कर र जग्गाको रुपमा लागु हुने करलाई मालपोतको रुपमा लिईन्छ । स्थानियले सहज होस भन्ने उदेश्यले हामी सम्पती कर उठाउन प्रत्येक वाडमा घुम्टी शिविर सञ्चालन गर्ने काउचाको भनाई छ । कार्यालयबाट गलकोट नगरपालिका अन्र्तगत साबिकको दुदिलाभाटी, नरेठाटी, हटिया, हरिचौर, मल्म, काडेबास, रिघा, पाण्डवखानी लगायतका नागरिकले सेवा पाउनेछन् ।










