गाउँको विकासमा सघाउदै विहुँकोट समाज जापान

बागलुङ, २७ कार्तिक ।
बागलुङको काठेखोला गाउँपालिकाको विहुँ घर भै रोजारीको शिलशिलामा जापानमा रहेका विहुँकोट वासीले गाउको विकासमा सघाउदै आएका छन् ।
गाउँका धार्मीक सम्पदा संरक्षण, अप्ठ्यारोमा परेका विहुँवासीलाई सहयोग, गाउँको शिक्षा स्वास्थ्य, विपद् ब्यवस्थापन, राहतमा सघाउदै आएको हो । जापानका विभिन्न सहरमा कार्यरत विहुँवासीको सक्रियतामा गठन भएको बिहुँकोट समाज जापानले गाउमा विभिन्न कार्यक्रम संचालन गरिरहेको छ ।
सामाजले मंगलवार काठेखोला गाउपालिका–६ बिहुँ स्थित परमेश्वर राम मन्दिर पुन निर्माणका लागि नगद ४ लाख रुपैयाँ रकम हस्तान्त्रण गरेको छ ।
बिहुँकोट समाज जापान र खान्साई क्षत्रिय समितिद्वारा संकलित उक्त रकम बिहुँकोट समाज जापानका उपाध्यक्ष ईन्द्रलाल सुवेदी र खान्साई क्षेत्रिय समितिका अध्यक्ष कृष्ण सुवेदीले मन्दिरका अध्यक्ष टीकाराम कँडेललाई हस्तान्तरण गर्नु भएको हो ।
ब्रह्मलीन स्वामी परमानन्द सरस्वती महाराजको जन्मस्थान पौवा डाँडामा २०४९ सालमा स्थापना भएको मन्दिर पुर्ननिर्माणको लागी सहयोग गरेको समाजले जनाएको छ ।
प्रवासमा रहेपनी गाउको विकासको लागी सघाउदै आएको बिहुँकोट समाज जापानका उपाध्यक्ष इन्द्रलाल सुवेदीले बताउनुभयो ।
सो मन्दिर २०७२ सालको महाभूकम्पले भत्किएर क्षतीग्रस्त बनेको थियो । आर्थिक रकम अभावका कारण पुननिर्माणको हुन सकेको थिएन ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टिकाराम कंडेलको अध्यक्षमा सम्पन्न कार्यक्रममा स्वागत समितिका सचिव हरिप्रसाद कँडेल र सञ्चालन कोषाध्यक्ष थानेश्वर कँडेलले गर्नुभएको थियो ।
समाजले सामाजिक सेवाका क्षेत्रमा काम गरिरहेको छ । विपद् र समस्यामा परेका व्यक्ति तथा आर्थिक अवस्था कमजोर रहेका परिवारलाई शिक्षा स्वास्थ्यमा सहायता गर्दै आएको छ ।
समाजले गाउमा भैपरी आउने समस्याको लागी १ करोडको अक्षयकोष स्थापना गरेपछी समाज अपतको सहयात्री वनेको जापान समाज विहुकोटका सचिव भिष्म कंडेलले जानकारी दिनुभयो ।
समाजले हालै विहुको रामकोट मन्दिर परिसरमा सत्तल निर्माणको लागि १० लाख सहयोग गरेको छ ।