
बागलुङ, १६ कार्तिक
गलकोटमा प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । पहिलो पटक गलकोटको सरदाखेतबाट २ वटा प्याराग्लाईडिङको सफल उडान गराइएसँगै गलकोटमा प्याराग्लाइडिङ सञ्चालनको सम्भाव्यता बढेको हो ।
गलकोट क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने उदेश्यका साथ प्याराग्लाईडिङ संचालन गर्न लागिएको हो । प्रथम गलकोट महोत्सवको अवसरमा प्याराग्लाईडिङ मुख्य आकर्षण बनेको बागलुङ उद्योग बाणिज्य संद्य गलकोटका अध्यक्ष बिरेन्द्र श्रेष्ठले बताउनुभयो । गत कात्तिक ९ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने प्रथम गलकोट महोत्सव मार्फत गलकोटलाई सम्भावनात्मक रुपमा बिकास गर्ने गरि प्याराग्लाईडिङको आज सफल परिक्षण गरिएको हो । गलकोटमा पर्यटक भित्र्याउन प्याराग्लाईडिङ सँगै क्यानोनिङ खेल समेत सञ्चालन हुने संस्थाका प्रथम उपाध्यक्ष ढालिन्द्रप्रसाद गौतमले बताउनुभयो ।
महोत्सवको आज सातौ दिन गलकोट नगरपालिका वाड नम्बर ५ को सरदाखेतबाट एउटा पाराग्लाईडिङमा पााईलट दुर्योधन खडकका साथमा महोत्सव आयोजक समतिका अध्यक्ष एवं उद्योग वाणिज्य संघ गल्कोट ईकाईका अध्यक्ष वीरेन्द्र श्रेष्ठ र अर्कोमा पाईलट निरन्जन कुँवरका साथमा गल्कोट नगरपालिका ३ का वडाध्यक्ष वीरजंग भण्डारी सहभागी भएका थिए ।
अध्यक्ष श्रेष्ठले माथीबाट फुल वर्षा गरेका थिए भने वडाध्यक्ष भण्डारीले भने फुल सँगै नेपालको झण्डा फहराएर प्याराग्लाईडिङको सफल परीक्षण गरेका हुन् । प्याराग्लाईडिङको सफल परीक्षणसंगै पर्यटन व्यवसायी समेत उत्साहित भएका छन् ।
प्यारागलाईडिङ संचालनको सम्भाव्यता अध्ययन गरी गलकोटमा साहसिक पर्यटनको प्रवद्र्धन गर्ने र प्यारागलाईडिङमा व्यवसायिकता सुरु गर्ने प्रमुख लक्ष्य राखिएको छ ।
प्यारागलाईडिङ संचालन संगै गलकोटको समग्र पर्यटन विकासमा ठुलो टेवा पुग्ने गलकोट नगरपालिका वाड नम्बर ३ का अध्यक्ष बिरजङ भण्डारीले बताउनुभयो ।
गलकोट नगरपालिका वाड नम्बर ३ को पुर्णकोटबाट प्याराग्लाईडिङ परीक्षण गर्ने लक्ष्य लिए पनि परिक्षणमा सहभागी पाईलटहरुले उक्त ठाउबाट सम्भावना नभएको बताएका थिए ।
गलकोटमा प्याराग्लाईडिङको टेकअप राम्रो भएपनि ल्याडिङको भने समस्या रहेको पाईलटहरु बताउंछन् । अहिलेको समयमा गलकोटका फाँटहरुमा खेतिपाति नभएका कारण ल्याडिङ गर्न सजिलो भएको पाईलट निरन्जन कुँवरले बताउनुभयो ।
ल्याडिङको समस्या रहेपनि गलकोटमा प्याराग्लाईडिङको राम्रो सम्भावना रहेको पाईलटहरुले बताएका छन् । गलकोटको आकाशमा पहिलो पटक प्याराग्लाईडिङ देख्दा गलकोट महोत्सवमा सहभागी दर्शक, अतिथी, कलाकार र स्थानीय भने निकै हर्सित बनेका थिए ।
प्यारागलाईडिङबाटै पर्यटकहरुलाई लोभ्याउने खालका मनोरम दृश्य देख्न सकिने भएको कारण समेत गलकोटमा यसको राम्रो सम्भावना देखिएको छ । यससँगै भोलि प्यारागलाईडिङ गराईने आयोजकले जनाएको छ । प्यारागलाईडिङ खेल्न चाहनेहरुका लागी टिकटको ब्यवस्थापान गरिएको संस्थाका सदस्य बिरजङ भण्डारीले बताउनुभयो । त्यस्तै महोत्सवको आकर्षणको रुपमा रहेको क्यानोनिङ खेल १७ र १८ गते सञ्चालन गरिने भण्डारीले जानकारी दिनुभएको छ । क्यानोनिङ खेलका लागी आजसम्म करिब ६० जना भन्दा बढिले टिकट लिईसकेको सहश्रधारा उपभोक्ता समितिका अध्यक्ष गगन कुबरले जानकारी दिनुभएको छ ।










