बागलुङ उद्योग बाणिज्य संघको १७ औं महाधिवेशन मंसिर २१ र २२ गते

अर्जुन कार्की
बागलुङ, १५ कार्तिक । 
बागलुङ उद्योग वाणिज्य संघको ५५ औं साधारणसभा तथा १७ औँ महाधिवेशन तथा आउँदो मंसिर २१ र २२ गते हुनेभएको छ । संघका अध्यक्ष जयराम भारीको अध्यक्षतामाा बिहीबार बसेको कार्यसमिति बैठकले अधिवेशन सो निर्णय गरेको हो ।
संघको महाधिवेशनले आगामी कार्यकालको लागि संघको नयाँ नेतृत्व समेत चयन गर्नेछ । निर्वाचनको लागि संघका कानुनी सल्लाहकार भुमिश्वर गौतमको संयोजकत्वमा निर्वाचन कार्यसमिति गठन गरिएको अध्यक्ष भारीले जानकारी दिनुभयो । अध्यक्ष भारीले संघको कार्यसमितिको लागि मंसिर १४ गते मनोनयन दर्ता गर्नुपर्ने बैठकले निर्णय गरेको बताउनुभयो ।
संघको महाधिबेशनमा अध्यक्ष र २ महिला सदस्य, २ उद्योग सदस्य र १४ सदस्यको निर्वाचन हुनेछ । निर्वाचित भएका सदस्यहरुबाट वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष पछि चयन गरिने छ । संघको विधानले अध्यक्षलाई ४ जना सदस्य मनोनित गर्ने अधिकार प्रत्याभूत गरेकोले संघको कार्यसमिति भने २३ सदस्यीय रहनेछ ।