
बागलुङ, १५ कार्तिक
बागलुङ नगरपालिका बागलुङले धौलागिरी अञ्चल अस्पताल बागलुङका बरिष्ट मेडिकल सुपरिटेन्डेण्ट सागर कुमार राजभण्डारीका पिताको निधनप्रति शोक व्यक्त गर्दै बिहीबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
बागलुङ नगरपालिकाका उपमेयर सुरेन्द्र खड्काको नेतृत्वमा नगरपालिकाको टोली राजभण्डारीको घर म्याग्दीको मंगलाघाट पुगेर बिहीबार सागर कुमार राजभण्डारी, सुदर्शन राजभण्डारी र सन्देश राजभण्डारीका पिता गोविन्द नरसिंह राजभण्डारीको असामयिक निधन प्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जलीसभा सम्पन्न गरेको हो ।
राजभण्डारीको कार्तिक ७ गते ८६ वर्षको उमेरमा निधन भएको थियो ।










