
बागलुङ, ३१ असोज
गुहेली सञ्चार सहकारी संस्था लिमिटेड काठेखोला गाउँपालिका–२, भीमापोखराले बडा दशैंको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ ।
उक्त कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिका–२, भीमापोखराका वडाअध्यक्ष विद्यापति शर्माले हिन्दु नेपालीहरुको महानचाड बडादशैं हुने खानेहरुको मात्र नभएर र हुँदा खानेहरुको पनि भएकाले भड्काउँदो नबनाउन अनुरोध गर्नुभएको थियो । उहाँले महान चाड भएकाले हर्षउल्लासमय रुपमा मनाउनुपर्ने बताउँदै पुराना ाम्रा आस्था र प्रथा जीवितै राखी भाबी सन्ततिलाई सुम्पिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला कृषि सहकारी संघका उपाध्यक्ष मणिभद्र शर्मा, जिल्ला सहकारी संघ बागलुङका ऋण उपसमिति सदस्य प्रेम के.सी., सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्थाका अध्यक्ष लोकेन्द्र पौडेल, जल्जला बाराल्ला सामुदायिक वन उपभोक्त समुहका सचिव चुडामणि उपाध्याय, अमृत दुग्ध सहकारी संस्था लिका सचिव राम प्रसाद शर्मा, सामुदायिक सिकाई केन्द्रका अध्यक्ष शसिधर शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
गुहेली संचार सहकारी संस्था लिमिटेडका अध्यक्ष खिम बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कोषाध्यक्ष प्रसाद थापाले गर्नुभएको थियो ।










