
बागलुङ, ३० असोज
प्रतिनिधिसभा सांसद भूपेन्द्र थापाले आगमी पाँच वर्षभित्र धौलागिरीका चार जिल्ला जोड्ने गरी पर्यटन पदमार्ग निर्माण गर्ने बताउनुभएको छ ।
काठेखोला गाउँपालिका–२ भीमापोखराको डोहेरीमा आयोजित ‘पर्यटन विकासको सम्भावना’ विषयक वृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद थापाले धौलागिरी क्षेत्र पर्यटन विकासको अथाह सम्भावना बोकेको क्षेत्र भएको बताउँदै पर्यटन पदमार्ग निर्माण, होमस्टे संचालन तथा पर्यटनमैत्री बातावरण निर्माणमा जुटन सबैलाई आग्रह गर्नुभएको थियो ।
भीमापोखरा पर्यटनको विकासको प्रचुर सम्भावनाको क्षेत्र भएको उल्लेख गर्दै सांसद थापाले थाप्लेको धुरी, गुनगुने क्षेत्रमा प्रकृतिक र स्थानीय पठमन्दिरमा धार्मिक पर्यटन भित्र्याउन सकिने बताउनुभएको थियो ।

कार्यक्रममा बोल्दै अर्का सांसद मनकुमारी केसीले पर्यटन विकासको लागि पूर्वधार तयार गर्न तर्फ स्थानीय तहले ध्यानदिनुपर्नेमा जोडदिनुभयो । आर्थिक विकास र समृद्धिको बलियो मेरुदण्ड पर्यटन विकास हो’ संसाद केसीले भन्नुभयो–‘ संस्कृतिक तथा पुरात्वत्तिक वस्तुको संरक्षण र विकासमा सबैले ध्यान केन्द्रीत गर्नु आवश्यक छ ।’
कार्यक्रममा गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटा, पूर्वसंसाद नवराज शर्मा, नेकपा गण्डकी प्रदेश सदस्य हिराबहादुर केसी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमरबहादुर थापा, नेकपा काठेखोला संयन्त्र सदस्य डिल्लीराज गौतम लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य कृष्णा केसीले पर्यटन विकासको सम्भावना बारे अवधारण पत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम काठेखोला गाउँपालिका अध्यक्ष अमरबहादुर थापाको अध्यक्षता, रामप्रसाद शर्माको स्वागत र वडाध्यक्ष विद्यापति शर्माको संचालनमा सम्पन्न भएको थियो ।










