मानव सेवामा अाश्रममा शुभकामना

राजेशचन्द्र राजभण्डारी
बागलुङ, २९ असाेज
नेपालीहरूकाे महान चाड बिजया दशमी काे शुखद उपलक्ष्यमा बागलुङ सदरमुकाममा रहेको मानव सेवा अाश्रमा शुभकामना अादान प्रदान गरि मानवीय सेवामा सबैले सकारात्मक भुमिका खेलेमात्र समाज परिवर्तन हुने धारणा सराेकारवालाहरूले राखेका थिए ।
मानव सेवा अाश्रम बागलुङ शाखाले अायाेजना गरेको शुभकामना अादान प्रदान कार्यक्रममा बागलुङ नगरपालिकाका उप मेयर सुरेन्द्र खड्का वडा अध्यक्षहरू लक्ष्मी बास्काेटा गणेश थापा जीवन अाचार्यले समाजमा हेला भएका घर परिवार बाट अपहेलित भएका मानवहरू लाई मानव सेवा अाश्रममा ल्याएर सेवा गरि राख्ने काम सजिलो नभएको धारणा राखेका थिए ।यसलाई समाजका हरेक ब्यक्तिले सकारात्मक साेच राखे बाबू अामा कसैलाई पनि अाश्रममा बस्न नपर्ने भन्दै समाजमा चेतना जगाउने कार्यक्रम गर्नु पर्ने धारणा राख्दै माता नब दुर्गा भवानीले मान्छेहरू लाई मानवीय सेवा गर्ने सद्बुद्दि दिन अनुरोध गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष, नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्ष राजेशचन्द्र राजभण्डारी, चारतारे युवा क्लब बागलुङका अध्यक्ष चण्डी शर्मा, महिला बिकास अधिकृत लक्ष्मी जीसि कार्की, मानव सेवा अाश्रम बागलुङका सेवीका सुमिरा लामा लगायतका बक्ताहरूले मानव सेवामा सबैले अाफुले सकेको सहयोग गरेमा मानव सेवा अाश्रम जस्तो संस्था सहजै चल्ने धारणा राखेका थिए ।
बागलुङ सदरमुकाममा रहेको मानव सेवा अाश्रममा अहिले २० जना लक्ष्मी नारायणहरू लाई सबै खालको मानवीय सेवा दिदै अाएकाे छ ।