
बागलुङ, २८ असोज
बागलुङको काठेखोला गाउँ पालिका वडा नम्बर १ को पालामा अर्थिक वर्ष २०७४/०७५ को बार्षिक योजना तथा सम्पन्न कार्यक्रमको समिक्षा गरिएको छ।
समिक्षा कार्यक्रममा गत आर्थिक वर्ष सम्पन्न योजना तथा कार्यक्रमको प्रतिवेदन काठेखोला गाउँ पालिका वडा नम्बर १ का वडा अध्यक्ष खडक थापाले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन अनुसार गत वर्षसडक निर्माण खानेपानी आयोजना सिँचाइ जलाधर शिक्षा भवन लगायतका ३९ ओटा योजना सम्पन्न भएको र सबै योजना समयमा नै सम्पन्न गर्न सफल भएको वडा अध्इष थापाले बताउनुभयो ।
वडा अध्यक्ष थापाले आफुले प्राप्त गर्ने चार महिनाको पारिश्रमीक प्रत्येक चार वटा विद्यालयमा अक्षय कोषको स्थापना गर्ने घोषणा गर्नुभएको थियो ।

कार्यक्रममा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले विकासको काममा सबैले हातेमालो गरेर जानुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा नेकपाका टिका बहादुर थापा, नेपाली काङ्ग्रेसका सचिव गणेश नेपाली, कार्यपालिका सदस्य टिका संगम विक, काठेखोला गाउँपालिकाका योजना प्रमुख मिन बहादुर थापा लगायतले मन्तब्य व्यक्त गरेका थिए । वडाअध्यक्ष खडक थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत वडा सदस्य गम्विरा थापा र सञ्चालन वडासचिव रिता रानाले गर्नुभएको थियो ।










