विपन्न वालवालिकाका ३२ परिवारलाई खाद्यान्न हस्तान्त्रण

बागलुङ, २८ असोज
बागलुङको जैमिनी नगरपालिका ७ जैदीको वझिनिका विपन्न वालवालिकाका परिवारलाई खाद्यान्न हस्तान्त्रण गरिएको छ ।
वडा दशैको अवसर पारी वाल संरक्षण विकास समिति बागलुङको सहयोग र वार्ड सदस्य केन्द्र रसाईलीको स्थानिय संयोजनमा वझिनीका ३२ परिवारलाई खाद्यान्न हस्तान्त्रण गरिएको हो ।
चरम गरिवि रहेको वझिनीका विपन्न परिवारलाई चामल,दाल,नुन तेल हस्तान्त्रण गरिएको छ । वडा दशैमा विपन्न परिवारमा खुसीको लागी सहयोग गरिएको वाल संरक्षण विकास समितिका अध्यक्ष धना आचार्यले वताउनु भयो । परिवारमा गरिको समस्या रहदा वालवालिकाको खानमा कमी हुने भएकोले वालवालिका लाई लक्षित गरी खाद्यान्न हस्तान्त्रण गरिएको आचार्यले वताउनु भयो ।
कार्यक्रममा वोल्दै जैमीनी नगरपालिका वडा नम्वर ७ का वडासदस्य केन्द्र रसाईलीले गरिव परिवारको खुसीको लागी खाद्यान्न हस्तान्त्रण गर्नु सकारात्मक भएको भन्दै वडाको गरिवी अन्त्यको लागी आफु लागीपर्ने वताउनु भयो ।
कार्यक्रममा वडा सदस्य वम वहादुर क्षेत्री ,कुमारी राना थापा,नेपाल पत्रकार महासंघ बागलुङका सह सचिव सुवास आचार्य,अपाङगता सरोकार संघ बागलुङका कार्यक्रम अधिकृत रामप्रसाद घिमिरे लगाएतले स्थानिय इन्दा जिसी लगाएतलो वोल्नु भएको थियो । कार्यक्रम जनता साक्षरता आधारभुत विद्यालयका प्रअ खगराज पौडेलेको संचालनमा सम्पन्न भएको थियो ।