
बागलुङ, २५ असोज
काठेखोला गाउँपालिका–२ भीमापोखराको डुनुरे तुलेपानी डहरे खानेपानी तथा सरसफाई योजनाको बिहीबार दोस्रो अनुगमन तथा सामाजिक परिक्षण गरिएको छ ।
अनुगमन तथा सामाजिक परिक्षण कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिकका अध्यक्ष अमर बहादुर थापाले योजनाको कार्य प्रगति प्रशंसनिय भएको बताउँदै खानेपानी, सरसफाई, स्वास्थ्य र सभ्य आधुनिक समाज निर्माण गर्न सवै एक जुटभएर लाग्नुपर्नै बताउनुभयो ।
कार्यक्रममा वडाअध्यक्ष विद्यापति शर्मा, पश्चिम नेपाल खानेपानी तथा सरसफाई आयोजना (वास), सरसफाई विज्ञ चन्द्रभक्त विष्ट, वास सल्लाहकार ऋतु चौलागाई, इन्जिनियर विवके सापकोटा, काठेखोला वास संयोजक मणिभद्र निउरेले बोल्नुभएको थियो । योजनाको आयव्यय विवरण एवं कार्यप्रगति विवरणको बारेमा सचिव चन्द्र बहादुर कार्कीले जानकारी गराउनुभएको थिया ।
२०७४ चैतदे सुरु भएको उक्त योजनामा फिनल्याण्ड सरकारको ३० प्रतिशत, नेपाल सरकारको ३० प्रतिशत र काठेखोला गाउँपालिकाको १० प्रतिशत र स्थानिय उपभोक्ताको ३० प्रतिशत श्रमदान गरी ३७ लाख ४७ हजार ४ सय ९५ रुपैयाँको लागतमा २०७५ माघ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको सचिव कार्कीले जानकारी दिनुभयो ।
योजना उपभोक्त समितिका अध्यक्ष गोविन्द बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष रेजिना कार्की र अनुगमन संयोजक चित्र बहादुर कार्कीको संचालनमा सम्पन्न भएको थियो ।










