
बागलुङ, २३ असोज ।
बागलुङको काठेखोला गाउँपालिका–५ श्रीपालिको नवयुवक आधारभूत विद्यालयमा दुई वटा विद्यालय भवन निर्माण गरिएको छ ।
तत्कालिन शिक्षा शिक्षा कार्यालय बागलुङबाट आर्थिक वर्ष ०७४/०७५ मा प्राप्त १९ लाख ५० हजार रुपैयाँले मौरीभिरमा तीन कोठे र आर्थिक वर्ष ०७१/०७२ मा प्राप्त १६ लाख रुपैयाँबाट श्रीपालिमा दुई कोठे विद्यालय भवन निर्माण गरिएको हो ।
दुवै भवनको उद्घाटन काठेखोला गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै अध्यक्ष थापाले शैक्षिक गुणस्तर सुधार गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

कार्यक्रम काठेखोला गाउँपालिका–५ का वडाअध्यक्ष शिवप्रसाद कँडेल, वडा सदस्य खगिसरा न्यौपाने, शिक्षा अधिकारी हरि आचार्य, स्रोतव्यक्ति रमानन्द कँडेल, नेकपाका काठेखोला प्रेमबहादुर पुन लगायतले बोल्नुभएको थियो । सो अवसरमा प्रधानध्यापक देवनारायण सापकोटाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण सापकोटाको अध्यक्षता, शिक्षक अमृता सुनारको स्वागत र शिक्षक अमर सेजुवालको संचालनमा सम्पन्न भएको भरत सापकोटाले जानकारी दिनुभयो ।










