श्रमिक आधारभुत विद्यालयका विद्यार्थीलाई पोषाक हस्तान्त्रण

बागलुङ, ७ असोज ।
वाल संरक्षण विकास समिती बागलुङले पर्वतको कुश्मा नगरपालिका १ मालढुङगामा रहेको श्रमिक आधारभुत विद्यालयका वालवालिकाका लागी विद्यालय पोषाक हस्तान्त्रण गरेको छ ।
आईतवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी ३१ जना विद्यार्थीलाई पोसाक हस्तान्त्रण गरिएको हो ।
विपन्न माझि समुदायका वालवालिकाले अध्ययन गर्ने भएकोले सो विद्यालयका वालवालिकाई स्वीटर हस्तान्त्रण गरिएको सस्थाका अध्यक्ष धना आचार्यले वताउनु भयो ।


विद्यालयमा पोसाक वितरण गरेर विद्यार्थीको हौसला बढाउने उदेश्यले सहयोग गरेको अध्यक्ष आचार्यले वताउनु भयो ।
विद्यालयको शैक्षिक उन्नतिको लागि शैक्षिक सामाग्री प्रदान गर्नु मात्रै ठुलो कुरा नभएको बताउदै यसलाई पुर्ण रुपमा सदुपयोग गर्न अपरिहार्य रहेको भन्दै आगामी दीनमा सहयोगलाई निरन्तरता दीने वताउनु भयो ।
पोसाक बितरणको माध्यमबाट विद्यार्थीको मनोवल बढाउने कार्यमा सस्थाले देखाएको सक्रियता सकरात्मक रहेको विद्यालयका प्रअ तेजेन्द्र आचार्यले वताउनुभयो । विद्यार्थीको मनोवल उच्च रहनुका साथै पठनपाठनमा समेत सघाउ पुग्ने आशा ब्यक्त गर्नूभयो ।