
बागलुङ, ४ असोज ।
बागलुङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले जिल्लामा आई पर्ने प्रकृतिक विपतीबाट कम क्षेती हुने गरी काम गर्नुपर्ने बताउनुभएको छ
नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखा बागलुङले अयोजना गरेको ४ दिने विपद व्यवस्थापन क्षमता प्रतिकार्य तालिमको उद्घाटन गर्दे खरेलले यस्तो बताउनुभएको हो ।
तालिम सैद्धान्तीक ज्ञान लिने माध्यम भएकोले ज्ञान लाई सिपमा वदलेर समाजमा आईपर्ने विपत्तीमा जुट आग्रह गर्नु भएको छ ।
अमेरिकन रेडक्रको सहयोगमा बागलुङमा संचालित समुदायमा आधारित विपद व्यवस्थपन प्रतिकार्य योजना मार्फत आयोजना गरिएको तालिममा काठेखोला गाउपालिका वडा नम्वर ५ र ६ विहु तथा वडीगाड गाउपालिका वडा नम्वर ५ ग्लाीचौरका २४ जनाको सहभागिता रहेको छ ।
नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखा सभापती जव्वर वहादुर लामिछानेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा तलिमका प्रमुख प्रशिक्षक महेश्वर थपलियाले मन्तव्य व्यक्त गर्नु भएको थियो । शाखा उप सभापती राजेन्द्र आचार्यले स्वागत गर्नु भएको कार्यक्रमको संचालन मन्त्री नारायण शर्मा पौडेलले गर्नु भएको थियो ।
परियोजना मार्फत यस अधि ९ वटा तालिम मार्फ २ सय १६ जनाले विपद व्यवस्थापन क्षमता प्रतिकार्य तालिम लिई सकेका छन् । तालिममा सहभागीहरुलाई स्थानिय उपशाखामा रहने गरी विपदमाको समयमा तत्काल उद्धारको लागी आवश्यक पर्ने उद्धार समाग्रि समेत हस्तान्त्रण गरिने जिल्ला कार्यक्रम संचायेजक श्याम कोईरालले वताउनु भयो ।










